३ चैत, काठमाडौं । कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले तपाईंलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ । जाँदाजाँदै साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ ।
सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ । जसबाट कामदारले विदेश आइपुग्नासाथ आफ्नो परिवारलाई सम्पर्क गर्न सक्नेछन् । त्यहाँको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो कार्यक्रमको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले मंगलबार उदघाटन गरेका छन् ।
रियादको किंग केल्हाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सरकारी हेल्पडेस्क उदघाटन गरेर उनले यस कार्यक्रमको औपचारिक सुरुवात गरे । अर्को हप्तादेखि अन्य अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन बिन्दुमा पनि यस्तै कामको सुरुवात गर्ने मन्त्रालयको तयारी छ । हेल्प डेस्कका साउदी कर्मचारीहरुले कामदारहरुलाई उसको सम्झौता भएको कम्पनीमा पुर्याउन सहयोग गर्नेछन् ।
साउदीले आफ्नो देशमा रोजगारीका लागि आउने कामदारलाई विमानस्थलमै विभिन्न विषयमा परामर्श पनि दिनेछ । यो सेवाबाट अब कामदार विमानस्थलमै अलपत्र परेर दुःख पाएको देख्न र सुन्न नपर्ने अपेक्षा गरिएको छ । मोबाइलको सिमकार्डसँगै कामदारले आफ्ना अधिकार, काम, कर्तब्य, देशको कानुन, समस्या परे साउदी सरकारसँग सहयोग माग्ने निकाय र त्यसका प्रक्रियालगायतका विषय समेटिएको ब्रोसर पाउनेछन् ।
ब्रोसर कामदारकै मातृभाषामा तयार गरिएको हुने अरबन्युज डटकमले जनाएको छ । सरकारी कार्यालयमा मात्रै केन्द्रित भएको कामदारको सेवालाई विमानस्थलमा ल्याएपछि साउदीमा श्रमिकको अधिकार थप प्रत्याभुत हुने साउदी सरकारको विश्वास छ । यस्तै विदेशी कामदार र सरकारबीचको दुरी कम भएर साउदी उत्कृष्ट श्रम गन्तब्य मुलुकमा गनिने अपेक्षा गरिएको छ ।
मलेसिया: रोजगारीका सिलसिलामा मलेसिया आएका एक नेपाली २ महिना देखि बेपत्ता भएका छन्।
मलेसियामा अवौधानीक रुपमा काम गर्दै आएका रोल्पा गजुल-४ पानी पोखराका मुक्तबहादुर महरा मलेसियाबाटै बेपत्ता भएका हुन्।
उनका छिमेकि दिपक विकका अनुसार उनी सेलेरुर राज्यमा रहेको एक कम्पनीमा कार्यरत रहेका थिए।
कम्पनीको काम राम्रो नभएको भन्दै १ वर्षअघि अबैधानिक बनेका थिए। उनी सेलेरुर राज्यमा एक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए।
उनी २ महिनादेखि परिवार र साथीको सम्पर्कमा नरहेकाले उनी बेपत्ता भएको विकले जानकारी दिए। महरा बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेका छन्।
उनी अवैधानिक भएकाले प्रहरीले पक्राउ गरेको वा अन्य कुनै कारणले बेपत्ता भएको जानकारी नभएको विकले बताए।
काठमाडौं २ चैत्र – साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतले सोमबार अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।
अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।
श्रोत : नेपाल न्युज लाईभ
काठमाडौँ, मलेसियाले लुकेर बसेका विदेशी कामदारलाई साढे ३ महिनाभित्र आफ्नो नाम दर्ता गर्न समय दिएको छ । सन् २०१६ भित्र विदेशी कामदारलाई दर्ता गर्न भनेको मलेसियाले निर्णयमा परिवर्तन गर्दै वैध हुनका लागि आगामी जुन महिनाभरको समय दिएको हो। मलेसियाको मन्त्रिपरिषदको बैठकले जुन महिनाभर पनि लुकेर बसेका विदेशी कामदारको विववरण रोजगार दाता कम्पनीले वैध हुनका लागि फारम नभरे कोर्रा हान्न सजाय गरिने निर्णय गरेको छ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले वैध हुन मलेसिया सरकारले दिएको समयसिमा भित्र दर्ता नगरे रोजगारदाता कम्पनीलाई पनि कोर्रा हानिने बताएका छन्। उनका अनुसार विदेशी कामदार लैजाने रोजगारदाता कम्पनी जरिवाना फारम नभरि जरिवाना तिर्ने मनसायमा छन्।
फेब्रुअरी दोस्रो सातादेखि मलेसियाले वैध हुन फारम खुल्ला गरेको छ । अहिलेसम्म १५ हजारभन्दा बढीले सो फारम भरेका छन् । नेपालको श्रम गन्तब्य मुलुक मलेसियामा कति नेपाली लुकेर बसेका छन भन्ने कुनै जानकारी छैन् ।
दमाम- साउदी अरबमा नेपाली कामदार अलपत्र परेका छन् । रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार गरिएको भए पनि उद्धारमा चासो नदिइएको पीडित नेपालीले गुनासो गरेका हुन् ।
उद्धारमा दूतावासले चासो नदिँदा स्वदेश फर्कन नपाएको उनीहरुले बताएका छन्।
काठमाडौँ थापागाउँस्थित ‘अल नसिर ओभरसिजप्रालि’मार्फत २२ महिनाअघि साउदीको पश्चिमी क्षेत्र जेद्धामा रहेको ‘अम्जाद फइज अलओटाबी स्टाबिविस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका १० नेपालीको अझै उद्धार हुन सकेको छैन। पटक-पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई उद्धार गरिदिन आग्रह गरिए पनि बेवास्ता गरिएको सुनसरीका कमुद्र्धिन मियाँले गुनासो गरे।
‘दूतावास धाउन थालेको वर्षदिन भइसक्यो, कर्मचारीले आश्वासन मात्र दिने गरेका छन्। भोकै बस्नुपर्ने स्थिति आएको छ,’ उनले भने-‘यता हामी रोइरहेका छौँ, उता घरपरिवारमा रुवाबासी चलेको छ।’
कम्पनीको अवस्था नाजुक बनेपछि यहाँको सरकारले रातो सूचीमा राखेको कारण २२ महिनाअघि साउदी आएका ती नेपाली कामदारको हालसम्म पनि आवास अनुमतिपत्र बन्न सकेको छैन। रोजगारदाता कम्पनीले परिचयपत्र लगायतका महत्वपूर्ण कागजात नबनाइदिएका कारण उनीहरु अलपत्र परेका हुन्।
नेपाली कामदारलाई गैरकानुनी ढङ्गबाट लुकाईछिपाई अन्य कम्पनीमा काममा लगाइएको थियो। अवैध कामदारका रुपमा काममा लगाई एकातिर नेपालीले १० महिनादेखि काम गर्न पाएका छैनन्।
यहाँको आवास अनुमतिपत्र नभएकै कारण बिरामी परेका उनीहरुले औषधी उपचारसमेत गर्न पाएका छैनन्।
रातोसूचीमा परेका कम्पनीले सुधार नगरेसम्म कुनै कारोबार गर्न नपाउने, विदेशी कामदार ल्याउन भिसा नपाउने र त्यहाँ कार्यरत कामदारलाई अन्यत्र स्थानान्तरण गर्न नपाउने भएका कारण उनीहरु समस्यामा परेका हुन् । बन्द हुने स्थितिमा पुगेको कम्पनीमा पठाएर म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको सप्तरी राजविराजका प्रेमनारायण झाले बताए।
अवैध कामदार भएकै कारण ती नेपालीले स्वदेश फर्कनका लागि रु पाँच लाखदेखि रु छ लाखसम्म जरिवाना भुक्तान गर्नुपर्ने बताइएको छ।
सो बराबरको रकम भुक्तान नगरी स्वदेश फर्कन नपाउने पीडित नेपालीले बताएका छन्। पटक पटक प्रहरीले पक्राउ गर्दै छाड्ने गरेका कारण पनि जरिवाना बढ्दै गएको छ ।
लाखौँ रुपैयाँ भुक्तान नगरी स्वदेश फर्कन नपाइने भन्दै उनीहरुले उद्धारका लागि सहयोगको याचना गरेका छन्। ‘जरिवाना तिर्न त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने हो, हामीलाई म्यानपावरले नराम्रोसँग फसायो” सर्लाही बर्मपुरेका सोमन राउतले रुँदै पीडा सुनाए।
‘काम छाडेको पनि १० महिना भइसक्यो, छाक टार्न धौ-धौ भएको छ’ उनले भने। स्वदेश फर्कने कुनै उपाय नदेखिएपछि केही नेपाली कामदार बन्धक बस्ने सर्तमा अन्य कम्पनीमार्फत लाखौँ रकम जरिवाना तिराएर राहदानी ट्रान्सफर गरी वैध कामदारका रुपमा सरेका छन्।
जरिवाना तिरेर राहदानी ट्रान्सफर गरिदिन मञ्जुर भई रोजगारी दिएको सो कम्पनीको रकम मिलानका लागि थप २ वर्ष काम गर्नुपर्नेछ।
यता जेद्धास्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल भने उद्धारको पहल भइरहेको बताए। लामो समयसम्म गैरकानुनी रुपमा बसेका कारण पनि स्वदेश फिर्तीका लागि जरिवाना तिर्नुपर्ने कानुनी बाध्यता भएकाले समस्या देखिएको उनको भनाइ छ।
चैत १, देहव्यापार गरेको आरोपमा मलेसियामा चार जना नेपाली महिला पक्राउ परेका छन् ।
पेनाङको जलान सुल्तान अहमद शाहस्थित मनोरञ्जन आउटलेटबाट पक्राउ गरेका उनीहरु २३ देखि ३० वर्ष उमेर समूहका यौनकर्मी रहेको मलेसियाली प्रहरीले बताएको छ । स्थानीय संचारमाध्यमका अनुसार शुक्रबार मध्यरातमा त्यहाँ छापा मार्दा ६ बंगलादेशी र ४ नेपाली महिला यौनकर्मी पक्राउ परेका हुन् ।
बंगलादेशी नागरिकको व्यवस्थापनमा रहेको उक्त आउटलेटले यौन व्यवसाय समेत संचालन गरेको पाइएपछि त्यहाँ गेष्ट रिलेसन अफिसरको रुपमा कार्यरत रहेका ती महिलाहरु पक्राउ परेका हुन् । उनीहरु गैरकानूनी अवस्थामा रहेको बताइएको छ ।
उक्त अपरेसनमा ३८ वर्षिय एक बंगलादेशी म्यानेजर पनि पक्राउ परेको उल्लेख गरिएको छ । स्थानीय नागरिकको नाममा रहेको लाइसेन्स प्रयोग गरि यौन व्यवसाय संचालन हुँदै आएकाले प्रहरीले उक्त आउटलेटको लाइसेन्स खारेज गर्न सम्बन्धित निकायलाई प्रस्ताव समेत गरेको बताइएको छ । नेपालीहरु मलेसियाका विभिन्न डान्स रेष्टुरेन्ट एवं क्लबहरुमा नर्तकी एवं गेष्ट रिलेसन अफिसरको रुपमा समेत कार्यरत छन् । बढी पैसा कमाइने लोभमा यसरी मलेसिया आउने कतिपय बाहिर ‘गेष्ट रिलेसन अफिसर’ भनिएपनि ‘यौनकर्म’ मा लागेको समेत पाइएको जनाइएको छ ।
कोरियामा नेपाली काम गर्न जान थालेको सात बर्ष भयो। कोरियामा अहिलेसम्म लगभग ३३ हजारको हाराहारीमा नेपाली कामदार छन्। कोरियामा अन्य देशमा जस्तो भेदभाव छैन।
नेपालमा भाषा पास गरेर कोरिया जाने सपना साकार पार्दा र कोरिया पुगेपछि भने कहानी अलि फरक छ । हुन त कोरियासँग जोडिएपछि कोरिया आउन नपाउनेका पनि दुख त कम छैन। पढ्दा लाग्ने सुल्क, सहरबजारको बसाइँ, ओहोरदोहोर गरिरहनुपर्ने, एकदुई बर्षसम्म कुराइ, रोस्टरबाट नाम हटाउँदा तिनले भोगेको आर्थिक र मानसिक क्षतिको लेखाजोखा नै छैन । यसले नेपालमै पनि तिनीहरुलाई मानसिक तनाब पैदा हुन्छ। कोरिया पुगेर कतिपयले आत्महत्या गरेका छन् ।
नेपालमा रोजगार खोज्ने युवाको लागि आकर्सक मानिने कोरिया पुगी लाख कमाउँदा पनि आत्महत्या गर्नुपर्ने कारण के छ त ?
कोरियास्थित दूताबास र विभिन्न संघसंस्थाले चासो दिएमा समस्याको पहिचान गरी कम गर्न पनि सकिन्छ। यो समस्यालाई नेपाल सरकारले पनि ध्यान दिन जरुरी छ। यहाँ संघसंगठन पनि च्याउजस्तै छ्यापछ्याप्ती छन्। हरेक जातिका हरेक धर्मका हरेक क्षेत्रका हरेक पार्टीका आआफ्नै संस्था छन्। तिनका कामकारबाही खासै प्रभावकारी छैनन्। महाधिबेसन, सेमिनार गोष्ठी गर्दै समय खर्चन्छन्।
आफ्नो देशमा स्वतन्त्र भएर बाँचेको मानिस अरुको देशमा कामदारको रूपमा पस्नेबित्तिकै पराधिन र यान्त्रिक हुन्छ। धाराबाट एक गाग्री पानी बोकेर, कहिलेकाहीँ दाउरा चिरेर, साथीभाइसँग घुमेर, कहिले काम कहिले आराम गर्दै बसेको बानी कोरियामा भने एक मिनेट पनि जुध्नुपर्ने हुन्छ। आफ्नो बोलिभाषालाई चटक्कै बिर्सेर केही समय सिकेको भरमा त्यसलाई प्रयोगमा ल्याउन पनि निक्कै गाह्रो हुन्छ। भाषा नबुझी हुने कठिनाइ र खानुपर्ने खप्की पनि उत्तिकै पीडादायी छ। हनुमानले लक्ष्मणको उपचारका लागि चाहिने बुटी नचिनेर पर्बत नै बोकेर लगे झैँ हामीले पनि कसैले एउटा सामान ल्याऊ भन्दा नजिकका सबै सामान उसको मुखमा लगेर राख्नुपर्दा हनुमान नै हौँ किजस्तो लाग्छ।
घरदेश छोडेर आउनुको पीडासँगै रातदिन मेसिनजस्तै चिसो गर्मी केही नभनी खट्नु पर्दा घरपरिवारको माया, साथीभाइका सम्झना र लेकबेसी गरेका उकालीओराली सम्झँदा भने यसरी दुःख गरी कमाउनुको महत्व क्षीण हुन्छ। तर आफ्नै देशमा सुखदुखमा रमाइरहेका साथी भने सधैँ बिदेशमा डलर फलेको देख्छन्। यता ती डलर टिप्दा नौनारी गलेको भने सोच्दैनन्।
भौतिक शरीरले यता काम गर्दापनि मन भने गाउँघर, पाखापखेरातिर डुल्छ। जसले गर्दा दुर्घटनामा पर्ने सम्भावना पनि उत्तिकै हुन्छ।
सधैँका लागि उठ्ने समय, खाने समय, हातमुख धुने, आराम गर्ने समय तोकिएको हुन्छ। त्यो रुटिन आफूमाथि खनिँदा झनै तनाव हुन्छ। देशको भूगोल, परिवेश, मौसम समय परिवर्तनले धेरैलाई निन्द्रा नै पर्दैन। यो समस्या पनि धेरैमा देखिन्छ। दिनभर मेसिनमा खटिनु, साँझ कोठामा पुगी आराम गर्नुपर्ने बेलामा जति बल गरेपनि निन्द्रा नै नपर्नु फेरि भोलि बिहान ठिक समयमा उठेर कामको लागि उपस्थित भइहाल्नुपर्ने नियति कहिलेसम्म भोग्नु। समयमा घरपरिवार, आफन्तजनसँग भलाकुसारी गर्न पाइँदैन। समय नै मिल्दैन। कहिलेकाहीँ महिनामा आक्कलझुक्कल कुरा हुँदा पनि तलब र कामको मात्र सोधिखोजी हुँदा सन्चोबिसन्चो परिवारजनको प्राथमिकता पर्दैन। त्यसबेला पनि मन खिन्न हुन्छ। हिजो छ हजारले चलिरहेको परिवारलाई छोरा बिदेश जानेबित्तिकै एक लाखको दरकार कसरी पर्छ? बुझ्नै सकिँदैन। त्यसका लागि गर्नुपर्ने दुख के कति हुन्छ? त्यो कुरा उनीहरुलाई वास्ता नै हुँदैन।
यहाँ यस्तो दुःख गर्नुभन्दा नेपालमा गरे त नेपालमा सुन नै फल्थ्यो भन्ने कुराले पनि मनमा डेरा जमाउन थाल्छ। यसरी रगत पसिना बगाउनुको पनि अर्थ नै लाग्दैन। यस्तो दुःख गर्नुभन्दा बरु नेपालमै आरामसँग सिस्नु र खोले खाएर सुखसँग बस्नपाए बरु नेपालमै फर्किन्थे भन्ने कुरा सोचाइमा आउँछ। तर परिस्थिति त्यस्तो हुँदैन। बाहिर सुन्नेलाई आकर्षक लाग्ने एक लाख जब यहाँ यथार्थमा कमाउँदा लाग्छ, यो केही होइन। यस्तो दुःख गरे त नेपालमै पनि लाख कमाउन सकिन्छ। तर हामीले किन नेपालमा हुँदा गरेनौँ त? दःुख भन्ने चिज हामी नेपालीले नेपालमा गर्न जानेकै छैनौँ। जब बिदेशिन्छौँ तब देख्छौँ। भोग्छौँ। र, गर्छौं दुख।
नेपाल फर्केर गर्न चाहन्छौँ त्यस्तो वातावरण नै बन्दैन। त्यसैले आफ्नो देशमै दुख गर्न सिकौँ र गरौँ जहाँ गए पनि दुःख गरेर मात्र पैसा पाइन्छ।
जब राति अबेरसम्म निद्रा नै पर्दैन, जब बिहान सबेरै अलार्मको कर्कस ध्वनिले निद्रा भङ्ग गर्छ तब बिहानदेखि भोकभोकै पकाउने जाँगर पनि नलागेर काममा गएर दिउँसो खाना खाएर चुठेको हात सुक्न नपाउँदै फेरि दौडिनु पर्छ। बीचमा एक मिनेटमा एक सेकेन्ड पनि नाघ्न नदिने रेस्ट टाइमको घण्टीको कर्कस टिरिङ टिरिङले पनि शरीरमै हिर्काउँछ। यस्तोमा सबै छोडी आफ्नै देश फर्कने मन सबैको हुन्छ। तर, घरबाट जबाफ आउँछः बाबू, दुःखसुख गरेर गर। फेरि यस्तो मौका फेरि आउँदैन।
कुनै दिन आफैँले पनि स्वर्णिम मौका सोचिरहेको तनमनमा कोरिया कोरिया भन्दै बसेको अवस्था भने यहाँ पुगेपछि बदलिन्छ। लाग्छ, यो सुनौलो मौका नभएर स्वदेशमै पाइने सम्पूर्ण मौकाका अवसान हो। स्वदेशमै भएका मौकाको उपयोग गर्न परिवारले त अनुमति दिँदैनन्। समाजको पनि डर लागेकाले छिटै निर्णयमा पुग्न सकिँदैन।
समाजमा पनि फलानोको छोरो त काम नै नलाग्ने भयो। ठाउँमा पुगेर पनि फक्र्यो भन्छन्। तर दुर्घटनामा अंगभंग भएर फर्केमा भने विचरा भन्दै सहानुभूति पनि दर्साउँछन्।
त्यसबेलासम्म जीवन बर्बाद भइसकेको हुन्छ। समाजमा पनि मानिस बिदेश गएर देशमै केही गरेर ठूलो हुन्छ भन्ने चेतनाको बिकास हुन जरुरी छ र देशमा जुनसुकै काम गरिरहेका सम्मान गर्न पनि सक्नु पर्छ। गाउँघरमै सानोतिनो काम गरी जीवनयापन हुन्छ भने बिदेशको सपना देख्नु प्राणघातक हुन्छ। यस्तो अवस्थामा साथीहरू सही समयमा सही निर्णय लिन असफल हुन्छन्। यस्तो समस्या सबैलाई भन्दापनि जो यी समस्या व्यवस्थापन गर्न नसकेर आत्महत्याको बाटो रोज्छन्। परिवार, समाज, सरकारले बिदेशिएका युवालाई देश फर्कने वातावरण बनाउन ढिला गर्नु हुँदैन।
हामीले पनि डलर, युरोभन्दा आफ्नै रुपैयाँ ठुलो सम्झने बानी बसालौँ। धेरै कमाएर घरजग्गा किन्ने, गाडीमोटर किन्ने, सुखसयलमा बस्ने उद्देश्यले बिदेश नआऔं। त्यसका लागि पसिना देशमै बगाआँं। आइसकेकाले दुःखसुख गर्नु नै छ। तर अब आउनेलाई देशमै रोक्ने वातावरण सिर्जना गरौँ।
दमक, समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ । वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भए पनि भण्डारीको परिवारलाई भने १३ दिनपछि हिजो बिहीबारमात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीका क्रममा दुबई पुग्नुभएको थियो । उहाँको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताउनुभयो ।
फागुन २८, कञ्चनपुर । आफ्नो परिवारको भरणपोषण र सुन्दर भविष्यको कल्पना गदै विदेशिएका अछाम पातलकोट ८ का राम बहादुर थापालाई तब ब्रजपात पर्यो जब आफ्नै श्रीमती पार्वती विष्ट थापाले ठूलो कष्टका साथ धन कमाई घर पठाएको ठूलो परिमाणको रकम समेत लिई उनकै भिनाजु सागर खड्कासँग फरार भईन ।
कैलाली बोराडाँडी बस्ने खड्काले २०७२ फागुन ४ गते हाल हल्दुखाल बस्दै आईरहेकी पार्वती विष्ट थापालाई विभिन्न सहकारी, व्यक्ति र विदेशदेखि श्रीमानले पठाएको रकमसहित करिब २५ लाख रुपैयाँ लिएर फरार रहेको खुल्न आएको छ ।
उनले लगेको रकम मध्ये फारुवाङ्ग लघुवित्त ८० हजार, लक्ष्मी लघुवित्त ९० हजार, उदयदेव सहकारी ९० हजार, कञ्चन लघुवित्त ५० हजार, कलावती चन्द २ लाख, पार्वती देवी धामी ८ लाख र तारादेवी धामीको चार आना सुन सहित बाँकी श्रीमानले पठाएको रकम गरी २५ लाख बराबरको रकम लगेर फरार भएकी छिन् ।
श्रीमान जेलमा परेको कहिले छोराछोरी विरामी भएको आदि बहाना बनाई पैसा माग्ने गरेको र यसअघि पनि विभिन्न वहानामा रकम माग गरी फिर्ता समेत गर्ने गरेको पीडितका परिवारजनले बताए । हाल उनी दुबै जना भारतको बम्बई भएको र आफ्नो रुपैयाँ माग्दा फोनमा समेत धम्की दिने गरेको पीडित कलावती चन्दले बताईन् ।
अहिले पीडित व्यक्ती र संस्था आफ्नो रकम असुली गर्न प्रहरी समक्ष पुगेको छ । फागुन २८ गते सागर खड्काकी श्रीमतीले आफ्नो श्रीमान र भाई बुहारीविरुद्ध कैलाली प्रहरी कार्यलमा मुद्धा दर्ता गराउने भएकी छन् भने भाई राम बहादुर थापाले ३ वर्ष सम्म विदा नमिल्ने हुनाले भतिजालाई भनेर मुद्धा दर्ता गर्न लगाएको पीडित पक्षले बताए ।
निज खड्काका २ छोरी १ छोर छन् भने पार्वती विष्ट थापाका १ छोरा १ छोरी रहेका छन् ।
ग्रिनकार्ड परेर अमेरिका आईयो स्टोरमा श्रीमतीले काम गरिन तर स्टोरको नेपालीलेनै मेरो सम्पत्ती सहित मेरी श्रीमती भगाए
डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।
डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म ।
मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर ।
उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’
‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो।
साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो ।
त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’
कुन ठाउँबाट ? फलानो ठाउँ ।
ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ ।
फोन नम्बर छ, तपाईहरुसँग ?
‘छ । इमेलमा छ ।’- उनले जवाफ दिए ।
उहाँले फोन दिनुभयो ।
उनले इमेल चेक गरे अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो ।
उताबाट ती दाईको जवाफ आयो- ‘ए आइपुग्यौ तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं ।
घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै।
त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।
उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका ! किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि ।
यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका ।
अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।
दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’ ‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ ।
दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो । त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो । तर, मेरो यो खुशी त्यतिबेला दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी । अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ ।
म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन ।
त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ ।
यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए । हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए । अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे !
एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो । त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च । सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे !
केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए। श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी !
त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा ।
यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ । तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ ।
नेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु ।
किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा । कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । लेखेर साध्य छैन।
त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल !
रेखा ओझा
(लस एञ्जलस, क्यालिफोर्निया)
श्रोत : DC Nepal
श्रोत : DC Nepal
मलेसिया,फागुन २६ । मलेसियाको क्वलालम्पुर एरियामा पर्नै एमपाङ भन्ने ठाउँमा राति सुतिरहेको अबस्थामा एक नेपालीको मूत्यु भएको छ ।
नेपाल घर उदयपुर बताउनुहुने वीर बाहादुर तामाङ गोले रहेका छन । तामाङ को साथी धन घायलका अनुसार ५ तारिक शनिवार राती खानाखाएर सुतेका उनी बिहान अबेरसम्म नउठेपछी उठाउन खोज्दा राती जो उनको मृत्यु भैसकेको थियो ।
मलेसियाको क्वलालम्पुर एरियामा पर्ने एमपाङ भन्ने ठाँउमा हिरो सुपरर्केटमा काम गर्दै आउनु भएको थियो । उहाँ २ वटा बच्चाको बाबू हुनुहुन्थ्यो । उहाँको उमेर लगभग ३५ बर्षको रहेको छ । तामाङको नेपाल जाने थोरै समय बाकी थियो । उक्त लास लाइ पोस्टमार्टमको लागि नजिकैको हस्पिटल लगिएको थियो र अजै पनि हस्पिटलमै तामाङको मृत शरीर रहेको बताउनु भयो।तामाङ एकदमै मिलनसार, राम्रो ब्यक्ति हुनुहुन्थ्यो ।
‘हजुर, लैनो भैंसी बेचेँ, ४२ हजारमा,’ श्रीमती मेनुकाले विनोदलाई फोनमा भनिन् । यो १० फागुनको कुरा हो । त्यसको हप्ता दिनपछि फेरि भनिन्, ‘हजुर, बाख्रा बेचेँ, पाँच हजारमा ।’
मेनुका महतो, घर सर्लाही जानकीनगर- ३ गंगापुर । मेनुका २१ वर्षीय विनोद महतोकी श्रीमती हुन् । घरमा सासु र तीन वर्षकी छोरी मात्र छन् । उनका श्रीमान विनोद १४ महिनाअगाडि रोजगारीका लागि मलेसियाका आएका थिए । श्रीमान मलेसिया छन् । तर, श्रीमतीले घरमा भैंसी र बाख्रा किन बेच्नुपर्यो त ? कथा लामो छ ।
बाबुआमा गुमाएपछि सुकुम्बासी
विनोद सात वर्षको हुँदा बुवा र आमाको मृत्यु भयो । गाउँमा छिमेकीको बिहे थियो । विनोदकी आमा घर पोत्ने माटो लिन गइन् । माटो खन्दै गर्दा ढिस्कोले पुरिएर आमाको मृत्यु भयो, बुवा पागलजस्तै भए । त्यसको एक वर्षमै बुवा पनि खसे ।
त्यतिबेला विनोदकी बहिनी पाँच वर्षकी थिइन्, बहिनी हुर्काउने जिम्मा उनकै काँधमा थियो । ५ धुर नापीको जग्गा थियो । बुवाआमाको मृत्युपछि आफन्तले उनको जग्गामा पनि आँखा गाडे । भएको जग्गा ठूलाठालुले लगे । उनीसँग अहिले एक कट्ठा ऐलानी जग्गा छ । त्यसैमा फुसको घर बनाएका छन् । त्यो घरले न पानी पर्दा ओत्छ न त घाम नै छेक्छ ।
पन्ध्र वर्षमा भारत
हजुरआमालाई बहिनीको जिम्मा लगाएर विनोद १५ वर्षको उमेरमा भारत पुगे । त्यहाँ कपडा सिलाउने काम सिके । घरको जिम्मेवारी पूरै भएकाले पनि होला निकै मेहनत साथ काम गरे । रातदिन, हिउँद-बर्खा केही भनेनन् । दुई वर्षमा पैसा पनि राम्रै कमाए । नेपाल फर्किएपछि उनी काठमाडौं आइपुगे । काठमाडौं कालोपुलमा रहेको गार्मेट उद्योगमा काम गरे । महिनाको १५ हजार त त्यो बेला उनी सजिलै कमाउँथे ।
सीपलाई गाउँमै प्रयोग
भारतमा सिकेको सीप अनि काठमाडौंमा कमाएको पैसालाई उनले जतनसाथ राखेका थिए । गाउँमा रहेको फरवार्ड भन्ने सहकारीबाट १० हजार ऋण लिएर कपडा सिलाउने मेसिन किनेर आफैँले सिलाउन थाले । कमाएर सहकारीको ऋण पनि समयमै तिरे । पछि २० हजार ऋण लिएर अर्काे सिलाउने मेसिन थपे । बहिनीको विवाह पनि गरिदिए ।
नन्दिनी टेलर्स
थोरै-थोरै जम्मा गरेको पैसाले उनी आफैँ पनि बिहे गरे । मेहनती विनोदलाई श्रीमतीले पनि निकै साथ दिइन् । यसो गर्दागर्दा एक वर्ष बितेछ । एउटा छोरी समेतको जन्म भयो । छोरी अहिले ती तीन वर्षकी छिन् ।
विनोदले गाउँभन्दा केहीपर हजार बिघा भन्ने ठाउँमा पुगेर सिलाई-कटाईको दोकान खोले । घरबाट सुरु भएको उनको सिलाई-कटाईको यात्रा बजारसम्म पुग्न भ्यायो । यताउता ऋण-धन खोजेर जम्मा भएको ४० हजार रुपैयाँले खोलेको उनको दोकानले राम्ररी कमाई गर्यो । दुई-चार पैसाको दुःख भएन । छोरीको नामबाट खोलिएको नन्दिनी टेलर्सको चर्चा टाढा-टाढा गाउँ हुन थाल्यो । खाली हात बस्नैनपर्ने भयो ।
विदेशको सपना
उनले नेपालमा राम्रै कमाई गरिरहेका थिए । गाउँका ठिटाहरू विदेश गएर आउने-जाने गरिरहँदा आफन्तले उनलाई समेत विदेशको सपना देखाए । ‘ल विनोद यत्रो सीप जानेका छौ, यसरी बसेर हुन्छ ?’ एक आफन्त पर्नेले भने । उनलाई पनि हो कि जस्तै लाग्यो । श्रीमतीलाई समेत नसुनाएर रातभरि सोचे । भोलिपल्ट उनै विदेश पठाउने आफन्तलाई भेटेर सोधे, ‘कति हुन्छ त महिनाको कमाई ?’ जवाफ पाए- लाएर खाएर ४० हजार त कतै नजा ।
पासपोर्टको मुखै देखेनन्
उनी श्रीमतीसँग सरसल्लाह गरेर काठमाडौं पासपोर्ट बनाउन हिँडिहाले । उनलाई विदेश पठाउन आफन्त पर्ने दलाल पनिसँगै काठमाडौं आए । एक हप्तामा पासपोर्ट बन्यो, तर पासपोर्ट कस्तो थियो, आफ्नै फोटो पनि थियो कि पत्ता नपाउँदै ती छिमेकीले पासपोर्ट लिएर भने, ‘ल अब तिमी गाउँ जाउ पैसाको जोहो गर भिसा झरेपछि म बोलाउँछु ।’ उनलाई एक लाख ४० हजार रुपैयाँ तयार गर्न भनियो ।
साहुको दैलो चहार्दै गाउँभरि
विनोद गाउँ फर्केर ऋणका लागि धेरैको दैलो चहारे । आफूले खोलेको पसल ४५ हजारमा बेचे । एक लाख गाउँकै साहुसँग ऋण लिए । ५० हजार रुपैयाँमा त्यही आफन्तपर्नेलाई जग्गा-जमिन दृष्टिबन्धक गरिदिए । आफूले कमाएको १० हजार गरी जम्मा उनीसँग दुई लाख पाँच हजार रुपैयाँ जम्मा भयो । उनले खर्च कटाउन सुरु गरे, पासपोर्ट बनाउँदा १० हजार खर्च भयो । सहकारीको ऋण २० हजार तिरे । घरमा खाना खर्च भनेर ३० हजार रुपैयाँ छाडेपछि बाँकी भएको रकम सबै आफन्तपर्ने दलाललाई बुझाएर दुई वर्षअगाडि उनी डिसेम्बरमा मलेसिया आइपुगे ।
दुःखका दिन एयरपोर्टबाटै सुरु
मलेसियाको एयरपोर्टबाट नै विनोदका दुःखका दिन सुरु भयो । पासपोर्ट लिएको मानिस विनोदलाई भेट्न आएन । मलेसियाको चौधमहिने बसाइँमा उनले कहिल्यै आफ्नो पासपोर्ट देख्न पाएनन् । मलेसियाबाट जोहोरबहरु पुर्याएपछि दलालसँग उनको सम्पर्क कहिल्यै पनि भएन । कम्पनीमा कुरा गर्दा ‘आफ्नो एजेन्टलाई भन’ भनियो ।
१७ कम्पनीमा काम, कमाइ ७५ हजार
चौध महिना मलेसिया बसाइँमा उनले १७ वटा कम्पनीमा काम गरे । तलब माग्दा ‘तिमीहरू इलिगल हौ’ भन्दै पैसा कम दिन्थे ।
मलेसिया बसुन्जेल मासिक तलब उनले बढीमा ७ सय ४७ र कममा ५० रिगेटसम्म पाए । कतिपय कम्पनीले पैसा दिने बेला कुरा गर्दा प्रहरी समेत बोलाउँथे । चौध महिना उनले जसोतसो ७५ हजार रुपैयाँ मात्र नेपाल पठाए ।
घर फर्कन भैँसी र बाख्रा बेचे
मलेसियामा अवैधानिकलाई पक्राउ गर्न सुरु गरेपछि विनोदले नेपाल फर्कने योजना बनाए । आफूसँगै काम गर्ने साथीहरुलाई आफ्नै आँखा अगाडि अवैधानिक भनी हतकडी लगाएर लगेको देख्न थाले । त्यसपछि उनलाई मलेसियामा एक छिन पनि बस्न मन भएन । घर फर्कन चाहे, तर फर्कन पैसा थिएन । घरमा फोन गरेर श्रीमती मेनुकालाई भने, ‘घरमा जे छ, त्यही बेच म नेपाल फर्कन चाहन्छु । घरमा पैसा नपठाएको धेरै भएको थियो । पठाएको पैसा सबै खानपिनमै सकिएको थियो । श्रीमतीले घरमा भएको लैनो भैँसी र बाख्रा बेचिन् र श्रीमानलाई नेपाल झिकाउने निधो गरिन् ।
श्रीमतीले पठाएको पैसाले ब्ल्यांकेट किने
यही २५ फागुनमा विनोद मलेसियाबाट काठमाडौं पुगेका छन् । काठमाडौंमा एक संस्थाको सेल्टरहाउसमा बसेर मंगलबार साँझ मात्रै उनी घर पुगेका हुन् । श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् । आफैँले सिलाएको रातो सर्ट लगाएका छन् । कालो छालाको जुत्ता लगाएको भए पनि तुना थिएन ।
क्वालालम्पुरमा बिदा हुन थाल्दा गहभरि आँसु पार्दै उनले भने, ‘लहैलहैमा विदेश आएँ । आफ्नैले ठग्दा रैछन् । साहुको ऋण जस्ताको त्यस्तै छ । दृष्टिबन्धक गर्नेलाई कानुनमा ल्याएरै छाड्छु ।’
दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको बताएका छन् ।
दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तर रुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ ।
दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ ।
फेब्रुअरी महिनाको अन्त्यतिरबाट मार्चको सुरुको अवधिमा उत्तर कोरियाली गुप्तचरहरुले दक्षिण कोरियाका केही उच्च पदस्थ सरकारी कर्मचारीको फोन नम्बर चोरेर लगेको र त्यसपछि उतैबाट मोबाइल फोन ह्याक गरिदिएको जानकारी दिइएको हो ।
यसका साथै इन्टरनेटको सर्भर चोरेर त्यसमार्फत गुप्तचर सूचनाहरु पनि प्राप्त गरेको दक्षिण कोरियाको आरोप छ ।
यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको छ ।
दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले बिगत लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।
गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ ।
यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए । रासस-एएफपी
मलेसिया, २५ फागुन – मलेसियाको इपो फालिममा आइतबार ६ तारिक दिउँसो एक नेपाली लुटीएका छन। नेपाल घर सप्तरी बताउनुहुने शिव कुमार मण्डल लुटीनुभएको हो। दिउँसो करिब ३ बजे तिरको समयमा मार्केट देखि कोठामा जाने क्रममा बाटोमा ४ जनाको समुहमा रहेका लोकल मलायुहरुले उहाँ लाई लुटपाट गरि घाइते बनाएका छन।
उहाको साथी जीवन राना मगरले म सगको प्रत्यक्ष कुराकानीमा बताउनु भयो। उहाँको साथ बाट मलेसियान रिङ्गेट १,००० RM र दुई ओटा मोबाइल सेट लुटेर लगेका छन । मण्डल बिगत ५ वर्ष देखि मलेसियाको कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । घाइते मण्डलको नजिकैको मेडिकलमा सामान्य उपचार पछी कोठामा लगिएको छ।
फाल्गुन २५, २०७२- कोरियामा नेपाली कामदारको मृत्यु हुने क्रम रोकिएको छैन । गत आइतबार मात्र दुई नेपालीले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै आज फेरी एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
६ महिना अघि इपिएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगलबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् । उनी छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए । त्यहाँ एक नेपाली कामदार कार्यरत छन् ।
ती कामदारका अनुसार सधै बिहान ६.३० बजे कफी खान उठ्ने गरेका भट्टराई आज ७ बजेसम्म पनि नउठे पछि ढोका खोल्ने प्रयास गरिएको थियो । भट्टराईले भित्रबाट लक गरेकाले प्रहरीको सहयोगमा झ्याल फोडेर हेर्दा मृत अवस्थामा देखिएका हुन् ।
अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३४ वर्षीय भट्टराई यसअघि कोरियामा ३ बर्ष बसेर फर्केका थिए । उनका दुई छोरा र श्रीमती बुटवल बस्दै आएका छन् ।
गत आइतबारमात्र कञ्चनपुरका मोहनसिंह बुढापाल र गुल्मीका विजय खत्रीले आइतबार आफ्नै कम्पनि परिसरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
कुवेतको एक कन्ट्याक्टिङ कम्पनी मार्फत अस्पतालमा काम गर्ने वेटर महिला दुर्गा माया तामाङ [ नाम परिवर्तन गरिएको ] गत शुक्रवार आफ्नै कम्पनीकोे ठुलो मानिसबाट बलात्कृत भएकी छन । उनी दिएको युनिर्फम छोटो भएको विषयमा रिर्पोट गर्दा बलात्कृत हुन पुगेकी हुन ।
चितवन घर भएकी ३१ बर्षिय दुर्गा ८ महिना पहिले कुवेत आएकी हुन । दुर्गाले भनिन, बुधबार नयाँ युनिफर्म लियौ त्यो छोटो भयो अनि विहिबार रिर्पोट गरेर साट्न खोज्दा विहिबार ड्युटी रोकेर हेड अफिस लगियो । शुक्रवार उनलाई क्याम्पबोस मार्फत ड्युटी जान भनियो । उनले शुरुमा ईन्कार गरिन शुक्रवार त्यसअघि कहिल्यै ड्युटी नगएको कारण तर दवाव दिईयो उनी ड्युटी गईन ।
दुर्गा भन्छिन ड्युटीमा खाना खाई रहेका थियौ त्यहिबेला एउटा मानिस आयो । कसैकसैले म्यानेजर हो भने हामी सवै खान छाडेर उठ्यौ, उसले खान भन्यो । यतिकैमा खाना खाईसकेपछि उसले युनिफर्मको विषयमा समस्या हुने को हो भन्यो ? कसैले पनि केही बोलेनन । अनि फेरी उसले सोध्यो तब मेरो छेउमा रहेकी दिदीले मलाई देखाईन । उसले आउ भन्यो म गए । उसले गाडीमा बस्न भन्यो म बसे । मलाई लाग्यो अफिस लादो हो तर कहाँ कहाँ एउटा ठुलो विल्डिङमा लग्यो । मेरो मनमा केही शंका भो म डराए र पछि सरे तर मेरो हात पक्रयो । लिफ्टबाट निस्केपछि रुम मा लग्यो । ढोका लगायो र बत्ति निभायो । म केही बोल्न सकिन । मैले अन्ध्यारो कोठामा चिच्याउन पनि सकिन । कापी रहेमात्र । बाचौला जस्तो लागेन । उसले जे गर्नु थियो मन परि गरयो । बोल्न चल्न नसक्ने भए ।
पछि गाडीमा हालेर मेरो क्याम्प वर नै छाडिदियो । कसैलाई नबोल्ने धम्कि दियो । म करिब ४ बजेतिर बलात्कृृत भएको थिए । त्यस्तै ५ बजेर तीस मिनट तिर मलाई छाडेर गयो ।
मैले रोए कराए । सबैलाई सुनाए । मलाई साथ कसैले दिएनन बरु डर देखाए । नबोल्न भने । आफ्नै ईज्जत जान्छ भने । मैले अफिसमा फोन गरे धर्मेन्द्र नाम गरेको एक नेपाली हुनुहुन्छ उहाँले हल्ला नगर्न चुप लाग्न दबाब दिनु भयो । त्यसपछि क्याम्पबोसलाई भने उसले पनि त्यसै गरो । कसैले मलाइ साथ दिएनन दुँर्गाले रुदै भनिन ।
शनिवार मैले एक जना नेपाली दाइसँग कुरा गरेर सहयोग मागे उहाँले अस्पतालमा गएर मेडिकल गर्न भन्नु भयो । म अस्पताल पुगे अस्पतालले पुलिसमा रिर्पोट गर्न भन्यो म पुलिसमा गए तर पुलिसले मलाई तिम्रो दुतावास गएर रिर्पोट लिएर आउ भन्यो ।
आइतवार म नेपाली दुतावास कुवेतमा पुगे । मेरो समस्याको विषयमा दुतावासका धेरै कर्मचारीले सवै कुरा सुन्नु भयो । मेरो कुरा सुन्नु भयो र मेरो अफिसमा फोन गर्नु भयो । त्यसपछि आफिसको कुरा के भो मलाई थाहा छैन ।
दुतावासले के आश्वासन दियो त भन्ने अर्को सवालमा उनी भन्छिन, हेरौ हामी कोशिष गर्छौ भन्नु भएको छ कसै कसैले २४ घण्टा नाघ्यो उजुरी गर्न ढिला भो तै पनि न्याय दिन कोशिष गछौ भन्नु भयो ।
यसै बिषयमा श्रम सहचारी गोमा ढकाल भन्नुहुन्छ आज शिवरात्रीको छुटटी भो भोली केश दर्ता गर्न उनलाई भनेका छौ । बलात्कार भएको दिन देखि खान समेत नखाई रोएर बसेकी दुर्गालाई दुतावास किन गईस कसले लग्यो भन्ने एकातिर दवाव र तनाव दिएको छ भने अर्को तिर उनले आफै अरबीक मा उजुरी लेखाउने कुरा कति पनि सम्भव देखिन्न । दुतावासले यसका लागि के पहल गर्छ ? गोमा ढकाल भन्नु हुन्छ हामी कोशिष गर्ने छौ तर उनले न्याय पाउन प्रमाण पुग्ने नपुग्नेमा भन्न सकिन्न । दिन धेरै वित्ने वित्तिकै नठहर्ने भन्ने कुरा हुन्न । दुर्गाले पिडित भएका दिन बाट उजुरी गर्न पहल गरेका कुराहरु उनलाई रोक्न भएका कोशिषहरु, बलात्कारिका मतियारी गर्नहरु सवैलाई दुर्गाले चिनेकी छन मात्र दुतावासले शसक्त रुपमा पछ््याउन सक्नु पर्दछ ।
दुर्गालाई आज भोली ड्युटी जान कम्पनीले दबाब दिईरहेको छ उनी न्याय नपाएसम्म नजाने अडानमा छन । अपराधी भाग्ने वा भगाउने सम्भावना बढ्ने कुरामा दुतावास कति सचेत छ ? रात रहयो अग्राख पलायो भने झै दुर्गाले न्याय पाईनन भने त्यसको जिम्मेवारी कसले लिने धेरै सवाल खडा भएका छन ।
दाई मसँग गरिएको अत्याचार, मेरोे बदनामी र कसैले साथ नदिएको अवस्थाले अब किन बाँच्ने जस्तो भइरहेको छ दुर्गाले भनिन । उनले भनिन मैले सवैलाई केही नलुकाई सवै कुरा सुनाएको छु । अब मैले न्याय नपाउने हो भने बाँच्नुको अर्थ हुन्न । नेपाल जाने त परैको कुरा हो उनले थपिन । उनको मनस्थिती विचलित छ यति बेला उनलाई दुतावासले विशेष ख्याल गर्न जरुरी छ । उनको सुरक्षा, रोजगार र न्याय सवै दाउमा छन ।
न्यायको लागि दुताबास पुगेकि नेपाली चेलीलाई दुताबासले खासेै चासो किन दिएन ? उनीलाई न्याय दिलाउनको लागि पुलिसमा मुद्दा दर्ता गराईदिनु पर्ने अथवा पिडितले भनेको कुरा बनावटी अथवा झुटो जस्तो लागेको भए दुताबासले मेडिकल जाचको लागि अस्पताल पुराउन पर्ने थियो । तर दुबासले तेसो गरेन उल्टै कम्पनीमा फोन गरेर उनीलाई कम्पनी तिरै पठायो ।
यस बिषयमा राजदुत यज्ञबहादुर हमालले आफुलाई पुरा जानकारि नभएको बताउनु भुयो । दुताबासमा बलात्कार भए, भनि रुदै पुगेकि चेलिको आबाज दुताबासमा भित्रै हरयो । अव कुवेतमा नेपालीका लागि भनी खोलिएका संघ संस्थाले सुन्ने कि नसुन्ने ।
श्रोत : नेपाल कुवेत
न्यायको खोजीमा भौंतारिँदै धरान आइपुगेका मृतक संगीताका श्रीमान् युवराज भुजेल। दुई वर्षको छोरा र श्रीमतिलाई घरमा छोडेर धन कमाउन २३ महिनाअघि उनी कतार पुगेका थिए। काम गाह्रो थिएन, कमाई पनि राम्रै भयो। घर फर्कने आफ्नो निर्णयले उनी हर्षित थिए। तर, घर आउँछु भनेर फोन गरेकै भोलिपल्ट उनलाई यस्तो खबर आयो कि उनी एकछिन पनि कतारमा अडिन सकेनन्। तीन दिनमै घरको आगनमा पाइला टेके। उनको श्रीमती घरमा सुतेकै अवस्थामा मृत भेटिएकी थिइन्। चार वर्षे छोरो हुर्काउने सम्पूर्ण जिम्मेवारी अब उनको मात्र काँधमा थियो। घर फर्किएको एक दुई दिनमै उनी छाँगोबाट खसे झैं भए। श्रीमतीको प्रहरी जवान सनोज राईसँग एक वर्षदेखि अफेयर चलेको रहेछ। प्रहरी चौकी बिसंखेमा कार्यरत राई उनको घरमा आउने, खाना खाने र रात बिताउने क्रम विगत एक वर्षदेखि शुरु भएको रहेछ। घटनाका आरोपी प्रहरी जवान सनोज राई(प्रहरीको पोशाकमा) माघ १८ गते बिहान मृत भेटिएको अघिल्लो साँझमा श्रीमान् श्रीमतिको फोनमा कुरा भएको हो। त्यतिबेला बिसन्चो भएको कुनै छनक दिएकी थिइनन्।
छरछिमेकसँग बुझ्दा श्रीमती देब्रे आँखामाथि चोट भएको, रगत आँखाबाट बगेर अर्कोपट्टिको आँखासम्म पुगेको थियो भन्ने पनि उनले थाह पाए। आफ्नी श्रीमतीमाथिको सम्पूर्ण विश्वास त्यतिबेला ओइलायो, जब उनी वाणिज्य बैंकको खाता चेक गर्न पुगे। उनले कतार गएको २३ महिनामा परिश्रम गरेर कमाएको १२ लाख पठाएका थिए। श्रीमतीले ७ लाख बैंकमा राखेको र अरु घर खर्चमा सकिएको बताएकी थिइन्। त्यसमा उनले कुनै शंका गरेनन्। तर, बैंकमा गएर बुझ्दा श्रीमतिको खातामा जम्मा ३ हजार १ सय मात्रै थियो। श्रीमतीले त जम्मा ६५ हजार मात्रै पो जम्मा गरेकी रहिछ। त्यो पनि २ पटक प्रहरी जवान राईको नाममा चेकमार्फत झिकेको देखियो। त्यति मात्रै होइन, ४३ हजारको सुनको सिक्री बनाएर उपहार दिएको बिल पनि फेला पर्यो। साली(उषा)ले नै २६ हजार रुपैयाँ त दिदीले सनोजलाई दिएको देखेको प्रमाण पनि भेटियो। ’ममाथि विश्वास घात त गरी नै, कमाएको जति सबै उडाइछ।
गाउँमा ६५ हजार त ऋण नै रहेछ, अहिले मान्छेहरु माग्न आएको अयै छन्,’ पीडित २४ वर्षीय युवराजले भने। सबै घटनाक्रम थाह पाएपछि ’त्यो रात के भएको थियो’ भनेर उनले ४ वर्षीय छोरालाई फकाएर सोधे। छोराको जवाफबाट उनलाई जे आशंका थियो, त्यही वास्तविकता हो भन्ने लाग्यो। ’छोराले डाडु अंकल आएको थियो, आमासँग झगडा भयो भन्यो,’ भुजेलले भने, ’मैले चाँडै आउँदैछु भनेर फोनमा भनेपछि संगीताले डरले सनोजलाई बोलाई होला, अनि पैसाको हिसाब बारे झगडा हुँदा कुटेर मारेको हुनुपर्छ।’ छोराले प्रहरी जवान सनोजलाई डाडु अंकल भनेर बोलाउने गरेको उनले बताए। पोष्टमार्टमको रिपोर्ट भने अझै नआएको प्रहरीले बताउने गरेको छ। सबै घटना बुझेपछि उनले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा सनोज राईविरुद्धमा ज्यान मुद्दामा किटानी जाहेरी दिन गए । प्रहरीले जाहेरी लियो मात्रै, दर्ता गरेन। पटक–पटक धाउँदा पनि छानबिन हुँदैछ भन्ने जवाफ आए पनि उनी सप्तरीस्थित पुनरावेदन अदालतमा ’जाहेरी दर्ता गराईपाऊँ’ भन्दै रिट हाल्न झरे। दुई साता लाग्ने भनेपछि एक जना वकिललाई भेटेर जिम्मा दिएर उनी पत्रकार र अधिकारकर्मी खोज्दै धरान आएका थिए। ’प्रहरी जवानको विरुद्ध भएकोले मेरो जाहेरी दर्ता नै गरेको छैन, दोषी हो होइन भनेर अनुसन्धान गर्दा भइहाल्यो नी,’ भुजेलले भने, ’मुद्दा दर्ता भएर कारबाही होस्, र प्रमाण पुगेको मात्रै भएपनि मेरो पैसा फिर्ता होस् भन्ने चाहन्छु।’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपेन्द्र साहले आरोपित प्रहरी जवान राईलाई जिल्लामा तानेर वस्तुस्थिति बुझ्ने काम भइरहेको बताए। प्रहरी जोडिएको र पैसाको बिषय पनि भएकोले घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
जाहोरबारु
मलेसियामा आफ्नै साथीहरुको ५६ हजार मलेसियन रिङ्गेट लिएर फरार भएका छन् । मलेसियाको जोहोरबारुमा रहेका एस बि एन कम्पनीमा कार्यरत ओखल्ढुङ्गाका तारानाथ घिमीरे सँगै काम गर्ने साथीहरुको पैसा संकनल गरि सम्पर्क बिहीन भएका हुन ।
सोहि कम्पनीमा कार्यरत निशान लामाका अनुसार घिमीरेले कम्पनीबाटै अबैध रुपमा हुण्डी गर्ने गर्थे । अरुबेला सुरक्षीत रुपमा आफुहरुको पैसा नेपाल पठाईदिने गरेकोले घिमीरेलाई बिस्वास गरेर पैसा दिने गरेको उक्त कम्पनीमा कार्यरत नेपालीले बताए । यो पटक पनि सुरक्षीत रुपमै नेपाल पठाईदिने बिस्वासमा हामीले पैसा दिर्यौ पिडीत नेपालीहरुले भने । कम्पनीका पुराना र बिस्वासीला साथी भएकाले आफुहरुले घिमीरेबाट नै पैसा पठाउने गरेको एस बि एन का नेपालीहरुले जनाएका छन् । ९ वर्ष देखी घिमीरे उक्त कम्पनीमा कार्यत थिए ।
युएई- प्रवासी नेपाली मञ्च युएईकी उपाध्यक्ष मोती राईले युएईमा गर्ल फ्रेन्ड घुमाएर नेपालमा श्रीमतीलाई मानसिक यातना दिने समाजसेवीहरुलाई नाङगेझार पारिने बताएकी छिन । एनआरएनए, एनसीसी युएईद्धारा गत शुक्रबार आयोजना गरिएको १०६ औ महिला दिवसको अवसरमा आयोजित एक अन्तर्कृया कार्यक्रममा राईले उक्त कुरा बताएकी हुन ।
'युएईमा समाजसेवी हुँं भन्नेहरु धेरैले यहाँ गर्ल फ्रेन्ड बनाएर घरमा आफ्नी श्रीमतीलाई मानसिक यताना दिईरहेको सुचना प्राप्त भएको छ । म यही कार्यक्रमबाट उहाँहरुलाई चेतावनी दिदै आईन्दा यस्तो कार्य नगर्न आग्रह गर्दछु' उनले भनिन ।
कार्यक्रममा एनआरएन एनसीसीका सल्लाहकार तथा उक्त कार्यक्रमका वक्ता निमेश गिरीले आफ्नो घरमा महिलाद्धारा महिला नै पीडित हुने गरेकोले सबै भन्दा पहिले महिलाले आफुबाट नै सुरु गर्नु पर्ने भनाइको खण्डन गर्दै राइले भनिनः 'निमेश जीले भनेको कुरा पनि गलत छ । त्यो सबै भएको पुरुषबादी चिन्तन र पुरुष सत्तात्मक समाज भएको हुनाले नै हो ।'
कार्यक्रममा उपस्थितहरुले त्यस्ता समाजसेवीहरुको नाम उल्लेख गर्न आग्रह गरे पनि उनले नाम भनें खुलाउन मानिनन । उनले आफुले अहिले जानकारी मात्र गराएको र उनीहरुले आफ्नो बानी नसुधारे भण्डाफोर गरिने पनि बताईन् ।
श्रोत : देश परदेश
गुल्मीको अर्खले गाविस स्थायी घर भएका विजय केसीले झुन्डिएर आत्महत्या गरेका हुन् । छल्लादो ख्वान्गन्जुस्थित सोछ्नदोंगमा कार्यरत केसीको शव शनिबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएको हो ।
२०१४ मे मा कोरिया आएका केसीले पुराना कपडा जम्मा गरि कपडाको प्रकृति छुट्टाउने कम्पनीमा कार्यरत थिए । मृतक केसीले तीन पेज लामो सुसाइड नोट लेखि छोडेको घटनास्थल पुगेका झापाका श्री खनालले जानकारी गराए ।
२४ वर्षीय केसीले सुसाइड नोटमा साथीहरुलाई सम्बोधन गर्दै आफू शारीरिकरुपमा कमजोर भइ स्वास्थ्य अनुकुल नभएको उल्लेख गरेका थिए ।
सुसाइड नोटमा उनले परिवारलाई सान्त्वना दिदै जन्मेपछि मृत्य अवश्य हुने पनि लेखेका थिए । स्थायी घर गुल्मी भएको केसीको परिवार हाल बुटवल बस्दै आएका छन् । मृतकका दाजु पनि कोरियामै कार्यरत छन ।
सोलस्थित श्रम सहचारी अनिल गुरुङले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।














