अनेरास्ववियुको अध्यक्षमा जितेपछि विहे गर्दै नविना लामा, को हुन् हुनेवाला पति ?
काठमाडौं, १७ फागुन । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ नविना लामाले विहेको तयारी गरेकी छिन् ।
भर्खरै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको सर्वाेच्च पद अध्यक्षमा निर्वाचित नविनाले आफ्नो एक अन्तर्वार्ताका क्रममा छिट्टै विहे गर्ने खुलाएकी हुन् ।
उनले भनिन्- ‘बिहे भनेको कुरा मान्छेको नितान्त व्यक्तिगत विषय हो । त्यो निजी जीवनसँग जोडिएको कुरा हो । मेरो आफ्नो व्यक्तिगत स्वतन्त्रताको विषय हो त्यो । केहि समयपछि बिहे गर्ने पक्षमा छु । तर कहिले गर्ने भन्ने मिति चाँहि फाइनल भएको छैन ।’
महासचिव हुँदा संगठनमा सफल कामहरु गरेकी नविनाले अध्यक्षमा निर्वाचित भएपछि थप जिम्मेवारी बढेको भन्दै संगठनलाई नमुना संगठन बनाउने बताइन् ।
को हुन हुनेवाला श्रीमान ?
नविनाका अनुसार उनका हुनेवाला श्रीमान अनेरास्ववियुकै एक जना नेता हुन् । उनको नाम भने खुलाउन मानिनन् । सँगै काम गर्ने क्रममा करिब ३–४ वर्ष पहिला प्रेम बसेको सुनाउँदै उनले परिवारको सहमतिमा प्रेमीसँग विहेको तयारी गरेको बताइन् ।
उनले ‘संगठनको काममा व्यस्त हुनुपर्छ । बाहिर घुमफिर गर्न जाने समय हुँदैन । फेरि पब्लिकली घुम्न जान पनि मिलेन । संगठनको कामकै क्रममा भेटहुन्छ । कुराकानी हुन्छ । त्यही हो डेटिङ हाम्रो त ।’ भन्दै प्रेम सम्बन्धबारे वर्णन गरिन् ।
स्रोतका अनुसार, नवीना लामा अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको प्रेममा छिन् । दुवै जना काभ्रेकै हुन् । अनेरास्ववियूभित्र धेरै प्रेमसम्बन्ध भएपनि अधिकांश गुपचुप छन् ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.