सनसनीपुर्ण खबर : चर्चित टिकापुर घटनामा बेपत्ता हतियार सहित एक जना पक्राउ


मोहन बुढाऐर, 
धनगढी । गत भदौ–७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपका क्रममा आन्दोलनकारी पक्षले लुटेको प्रहरीको मल्टीग्यास गन घटनाको ६ महिनापछि फेला परेको छ । 

प्रहरीले सो हतियार सहित कैलाली हसुलिया–८ का ३९ वर्षीय निर्दङ्ग भनिने कुकरा चौधरीलाई पक्राउ गरेको छ । प्रहरीले सो हतियार दंगा नियन्त्रणका लागि प्रयोग गर्छ । 

कैलाली प्रहरीले आज पत्रकार सम्मेलन गरी सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूहको टोलीले पक्राउ गरेको ती व्यक्ति सहित हतियार सार्वजनिक गरेको छ । पक्राउ परेका चौधरी मधेसी मोर्चा आवद्ध दलका इलाका स्तरीय नेता रहेको प्रहरीको भनाई छ । 

सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी विजय भट्टले हतियारको सिरियल नम्बर मेटाइएको भन्दै थप अनुसन्धान भइरहेको बताउँदै हतियार सुरक्षाकर्मीबाटै खोसिएको दावी समेत गर्नुभयो । हतियारमा भएको नम्वर मेटाइएकोले त्यो हतियार नेपाल प्रहरी वा सशस्त्र प्रहरी कस्को हो अझै यकिन नभइसकेको भट्टको भनाई छ । 

टीकापुरको घटनामा नेपाल प्रहरीको एक थान पेस्तोल, एक थान एसएलआर र एक थान यस्तै मल्टीग्यास गन लुटिएको थियो । अनुसन्धान समुहका असई केशव जोशीले बेचबिखन गर्ने भनि हतियार साथमा लिई हिडेको सूचनाका आधारमा चौधरीलाई सो हतियार सहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook