यौनधन्दामा संलग्न पाँचजना यसरी रंगेहात पक्राउ


अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जनालाई आज रङ्गेहात पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु युनिक होटेलमा यौनधन्दा गर्ने क्रममा दुई जना युवा र दुई जना युवतीलाई रङ्गेहात पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । 

पक्राउ पर्नेमा होटलका सञ्चालक सिरहा लहान नगरपालिका–३ का ३२ वर्षीय विजयकुमार महतो, भारतको मधुवनी लौकाहा ग्राम पञ्चायत २ निवासी २२ वर्षीय सुनिलकुमार साह र सोही ठाउँका २० वर्षीय विनोदकुमार साह तथा दुई जना युवती रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताइएको छ । रासस

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook