चैत्र ४, २०७२- रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको फिस्टेलको हेलिकप्टर बिहीबार दिउँसो लाङटाङमा दुर्घटनामा परेको छ ।
फिस्टेल एयरका अपरेसन प्रमुख रमेश सिवाकोटीका अनुसार उक्त घटनामा मानवीय क्षति भएको छैन । तर हेलिकप्टर काम नलाग्ने भएको छ ।
उक्त हेलिकप्टर काम नलाग्ने भएको प्रारम्भीक जानकारी आएको सिवाकोटीले बताए । दिउँसो सवा ३ बजे भएको दुर्घटनाबारे विस्तृत जानकारी आइनसकेको फिस्टेलले जनाएको छ ।
उक्त घटनापछि काठमाडौंबाट अर्को हेलिकप्टर उद्दारका लागि पठाइएको थियो । दुर्घटनामा परेको हेलिकप्टरमा स्विडेनका चालक थिए ।
हेलिकोप्टरका पाइलट स्वेडन निकोलसको अवस्था सामान्य रहेको सुप्पा तामाङले बताए । लाङटाङमा निमार्णका सामाग्री वोकेर गाएको नौ खेप्पमा दुर्घटनामा परेको अर्का तेम्बा लामाले बताए । एक्कासी रोटरमा खरावी आएर पखेटा उछिट्एिर हेलिकप्टर कोल्टे परेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताए ।
उक्त हेलिकप्टरले राहत सामाग्री अनलोड गरीसकेपछी धुन्चे फर्किनकालागी उड्ने तरखर गर्दा दुर्घटना भएको फिस्टेलले जनाएको छ । उस्का अनुसार, हेलिकप्टरले इन्जिन स्टार्ट गरेर भुई छोड्न नपाउदै दुर्घटना भएको थियो । दुर्घटनापछी फिस्टेलका क्याप्टेन आशिष शेरचन दुर्घटनामा परेका चालक निकलस टार्डलाई लिन लाङटाङ गएका थिए ।
काठमाडौं: बालबालिकामाथि विद्यालयमा हुने भौतिक या शारीरिक यातनालाई कानुनले विरोध गरे पनि सुर्खेतको एउटा बोर्डिङ स्कुलमा शिक्षकको पिटाइबाट एक सात वर्षीया बालिकाको आँखाको ज्योति गुमेको दाबी उनका अभिभावकले गरेका छन् ।
सुर्खेत भेरीगंगा नगरपालिका–३ मेहलकुनाकी एलिसा बुढामगर एउटा आँखाको ज्योति गुमेको अवस्थामा यतिबेला महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकको निगरानीमा छिन् ।
उनका बुबा चन्द्रबहादुर बुढामगर र आमा भूमिसराले गत फागुन १६ गते देउती इङ्लिस बोर्डिङ स्कुलकी शिक्षक जानकी रानामगरले कुटेपछि छोरीको आँखाको ज्योति गुमेको अन्नपूर्णसँग बताए । शिक्षक जानकीले पछाडि फर्केको निहुँमा कुटेको एलिसाले बताइन् । एलिसाको आँखाको दायाँ आँखाको ज्योति सदाका लागि गुमेको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन् ।
‘पछाडि फर्केको थिएँ, म्यामले लठ्ठीले हान्न खोज्दा आँखामा चोट लागेको हो,' एलिसले यही वाक्य अन्नपूर्णसँग पटकपटक दाहोर्याइन् । ‘स्कुल पढ्न पठाएकी यति राम्री हाम्री छोरीको जीवन बरबाद पारिदिइन् ती शिक्षकले,' चन्द्रबहादुरले भने, ‘अब उसको भविष्य के होला ?'
एलिसाका अनुसार शिक्षक जानकीले घरमा उक्त घटनाबारे बताएमा फेरि थप सजाय हुने धम्कीसमेत दिएकी थिइन् । तर स्कुलका प्रधानाध्यापक किशोर शर्माले शिक्षक जानकीविरुद्ध अभिभावकले असत्य आरोप लगाएको बताए ।
चन्द्रबहादुरका अनुसार घरमा एलिसाले कुरा लुकाउने प्रयास गरे पनि आँखामा लागेको चोट लुक्न सकेन ।
धेरै केरकारपछि एलिसाले म्याम जानकीले कुटेको र घरमा नभन्नु भनेको कुरा खोलिन् । तत्काल विद्यालय जानुभन्दा छोरीको उपचार ‘प्राथमिकता' भएकाले मगर दम्पती नेपालगन्ज आए । नेपालगन्ज फुलटेक्रा आँखा अस्पतालमा ‘एनेस्थेसिस्ट' नहुँदा उनलाई अन्यत्रै लैजान सुझाइयो । अन्ततः उनलाई काठमाडौं ल्याइयो ।
चिकित्सकले शल्यक्रिया गर्दा पनि चोटका कारण गुमेको आँखाको ज्योति फिर्ता गर्न सकेनन् । निम्न आय भएका परिवारले एलिसाको उपचारमा एक लाख रुपैयाँभन्दा बढी खर्चेको बताए ।
‘एलिसालाई अस्पताल ल्याइपुर्याउँदा आँखामा चोटका कारण भएको संक्रमण, पिप जम्मा भएको र दृष्टि न्यून अवस्थामा पुगिसकेको थियो', उपचारमा संलग्न चिकित्सक सञ्जिता सिटौलाले भनिन्, ‘त्यस्तो अवस्थाको आँखालाई जस्ताको त्यस्तै राख्न सकिन्छ तर गुमेको ज्योति फर्काउन सकिँदैन ।'
डा. सिटौलाले चोटका कारण एलिसाको आँखाको ज्योति गुमेको भए पनि त्यो चोट कसरी लाग्यो भन्ने आधार आफूसँग नभएको बताइन् ।
चन्द्रबहादुरले शिक्षक जानकीका कारण छोरीको आँखाको ज्योति गुमेकाले उनलाई कानुनी कारबाही हुनुपर्ने, विद्यालयबाट क्षतिपूर्ति दिलाउनुपर्ने र उक्त विद्यालयले जीवनभर एलिसालाई निःशुल्क पढाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन् ।
घटनाबारे शिक्षक जानकीसँग पटकपटक कुरा गर्ने प्रयास गर्दा पनि टेलिफोन सम्पर्क हुन सकेन ।
प्रधानाध्यापक शर्माले शिक्षक जानकी केही दिनदेखि छुट्टीमा रहेको र मोबाइल स्विच अफ भएको बताए । तर उनले एलिसाको आँखाको ज्योति गुम्नुमा शिक्षक जानकीको कुनै पनि गल्ती नभएको दाबी गरे ।
‘त्यस दिन एलिसालाई छोएको समेत छैन भन्ने स्पष्टीकरण पटकपटक हामीलाई दिइसक्नुभएको छ जानकी म्याडमले,' शर्माले भने, ‘एलिसाको परिवारले क्षतिपूर्ति लिनका लागि हाम्रो विद्यालय र शिक्षक जानकीमाथि षड्यन्त्र गरिररहेका छन् ।'
एलिसालाई कुटेको भन्दै उनका परिवारका सदस्यले विद्यालय हाताभित्र पसेर शिक्षक जानकीमाथि हातपात गरेको र त्यसविरुद्ध आफूले इलाका प्रहरी कार्यालयमा उजुरी पनि दिएको उनले बताए ।
अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जनालाई आज रङ्गेहात पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु युनिक होटेलमा यौनधन्दा गर्ने क्रममा दुई जना युवा र दुई जना युवतीलाई रङ्गेहात पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
पक्राउ पर्नेमा होटलका सञ्चालक सिरहा लहान नगरपालिका–३ का ३२ वर्षीय विजयकुमार महतो, भारतको मधुवनी लौकाहा ग्राम पञ्चायत २ निवासी २२ वर्षीय सुनिलकुमार साह र सोही ठाउँका २० वर्षीय विनोदकुमार साह तथा दुई जना युवती रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताइएको छ । रासस
काठमाडौँ, जंगी अड्डा भद्रकालीमा आयोजित सेवा दल सिनियर डिभिजन ११ औं ब्याचको अन्तिम दीक्षान्त कवाज अवलोकनपछि प्रधानमन्त्रीले एरोबिक्समा बजाइएको अंग्रेजी गीत राम्रो नभएको भन्दै यसको विकल्पमा प्रयोग गर्न गीत लेखेर दिएका हुन् ।
क्याटेडहरुले कवाज, सामुहिक नृत्य, खुकुरी नृत्य, तेक्वान्दो पीटी प्रदर्शन गरेका थिए । अन्तिममा प्रस्तुत गरिएको एरोबिक्समा भने अंग्रेजी गीत बनाइएको थियो । त्यसअघिका प्रस्तुतिमा राष्ट्रिय भावनाले भरिएका नेपाली गीत थिए ।
सबै प्रस्तुति हेरिसकेपछि राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकका हैसियतमा बोल्दै उनले भने, ‘मेरो एउटा सानो सुझाव छ, एरोबिक्स देखाउँदा तपाईंहरुले बजाएको गीत मैले बुझिनँ ।’
त्यसपछि उनले यस्तो भावको गीत होस् भनेर सुनाए–
म मेरो देश बनाउँछु
उन्नत,
अझ सुन्दर,
म मेरो देश बनाउँछु
हिमाल,
पहाड तराई,
पूर्व–पश्चिम,
मेची–महाकाली
मेरा सबै दिदी–बहिनी,
मेरा सबै दाजु–भाई
म माया गर्छु सबैलाई,
माया गर्छु मेरो देशलाई
म मेरो देश बनाउँछु
आज (बुधबार) राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको एउटा गीत मन नपरेपछि उनले आफैं गीत लेखेका हुन् ।
एयर इण्डियाको विमान अवतरण गर्ने क्रममा टायर फुटेपछि दुर्घटना भएको छ । उक्त दुर्घटनाबाट विमानमा सवार केही यात्री घाइते भएका छन् ।
मुम्बईको एयरपोर्टमा अवतरण गर्ने क्रममा मंगलबार राति राति पौने ११ बजे विमानको टायर फुटेको थियो । विमान नम्बर ६३० मा १६० यात्रु सवार थिए । दुर्घटनामा परि घाइते यात्रुहरुको चेकजांच तत्काल गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
ललितपुर– प्रहरीले एक ८ वर्षीया बालिकाको अपहरणको अभियोगको दुई जनालाई पक्राउ गरेको छ । ललितपुरको च्यासल बस्दै आएका काभ्रे सर्सियुखर्क १ का बलराम पाण्डेको ८ वर्षीय छोरी सम्झनाको अपहरणको अभियोगमा प्रहरीले काभ्रे सिमथली घर भई बालकुमारी बस्दै आएका विनिता बास्कोटा( भण्डारी) र भीमसेन भण्डारीलाई मंगलबार साँझ चाबहिलबाट पक्राउ गरेको हो ।
अभियुक्त बिनिताको श्रीमान् प्रकट भन्ने बिष्णु भण्डारी चोरी मुद्धामा काभ्रेस्थित बनेपा हिरासतमा रहेको र गत फागुन २८ गते अदालतमा पेश हुँदा वकिलले मुद्दा मिलाउन ३ लाख आवश्यक पर्ने भनेपछि उनले अपहरणको योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोहि अनुसार बिनिताले आफन्त पर्ने भीमसेनको सहारा लिएकी थिइन् । प्रहरीका अनुसार बिनिता र भिमसेनले काठमाण्डौं कोटश्वरमा भेटघाट गरी प्रखरलाई निकाल्नको लागी सुरुमा निजहरुकै चिनजानका अन्य २ बालबालिकालाई अपहरण गरी पैसा असुल गर्ने प्रयास गरेका थिए ।
तर सो प्रयास असफल भएपछि तेश्रा पटकमा सम्झनालाई छनौट गरी उनीहरु अपहरण तथा बन्धक बनाउन सफल भएका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक किसन सिंह थापाले उनीहरुले बालिकाको अभिभावकहरुबाट रु ५ लाख रुपैया फिरौती रकम मागी ३ लाख प्रकट भण्डारीलाई छुटाउन धरौटी राख्ने र बांकी एक आपसमा बांड्ने योजना अनुसार उक्त कार्य गरेको खुल्न आएको बताए ।
यसरी समातिए अपहरणकारी
थापाका अनुसार सोमबार साँझ च्यासल स्थित आफ्नै कोठा अगाडी खेली रहेकी सम्झनालाई अभियुक्त २० वर्षीया बिनिताले लुकामारी खेल्ने भन्दैं सम्झनाको दिदी र दाईलाई लुक्न लगाई फकाएर पैंदलै बालकुमारी पुल सम्म पुर्याएकी थिइन् ।
त्यहाँबाट भिमसेन दाईलाई भेट्न जाऊ भनि बालकुमारीबाट सार्वजनिक बस चढाई कोटेश्वर चोक नजिक लगि योजना अनुसार भिमसेनको जिम्मा लगाएकी थिइन् । त्यहाँबाट भिमसेनले सम्झनालाई बसमा चढाई महाराजगंज तर्फ लगी सो रात टिचिङ्ग अस्पताल नजिकैको गेष्ट हाउसमा राखेको र हिजो उक्त गेष्ट हाउसबाट सम्झनालाई गोपीकृष्ण हलमा लगी दिउसों २ सो पुरा र साझंको सो को एकछिन गरी दिन भर फिल्म समेत देखाएर अल्मल्याएका थिए ।
त्यसपछि साँझ करीब ६ बजे उनले ‘बिनिता दिदीलाई भेट्न जाऊ’ भन्दै चावहिल स्थित पुर्वेली गेष्ट हाउसमा लगेर बन्धक बनाएका थिए । सोहि स्थानमा सम्झनाको खोजीको लागि परिचालित प्रहरीले उनलाई पक्राउ गर्नुको साथै बालिकाको शकुशल उद्दार गर्न सफल भएको थापाले जानकारी दिए । उनले बालिकालाई सकुशल उद्दार गरि स्वास्थ्य परीक्षण समेत गराई आफन्तको जिम्मा लगाएको र बिनिता र भिमसेन माथि थप अनुसन्धान समेत भइरहेको जानकारी दिए ।
३ चैत, काठमाडौं । कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले तपाईंलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ । जाँदाजाँदै साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ ।
सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ । जसबाट कामदारले विदेश आइपुग्नासाथ आफ्नो परिवारलाई सम्पर्क गर्न सक्नेछन् । त्यहाँको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो कार्यक्रमको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले मंगलबार उदघाटन गरेका छन् ।
रियादको किंग केल्हाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सरकारी हेल्पडेस्क उदघाटन गरेर उनले यस कार्यक्रमको औपचारिक सुरुवात गरे । अर्को हप्तादेखि अन्य अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन बिन्दुमा पनि यस्तै कामको सुरुवात गर्ने मन्त्रालयको तयारी छ । हेल्प डेस्कका साउदी कर्मचारीहरुले कामदारहरुलाई उसको सम्झौता भएको कम्पनीमा पुर्याउन सहयोग गर्नेछन् ।
साउदीले आफ्नो देशमा रोजगारीका लागि आउने कामदारलाई विमानस्थलमै विभिन्न विषयमा परामर्श पनि दिनेछ । यो सेवाबाट अब कामदार विमानस्थलमै अलपत्र परेर दुःख पाएको देख्न र सुन्न नपर्ने अपेक्षा गरिएको छ । मोबाइलको सिमकार्डसँगै कामदारले आफ्ना अधिकार, काम, कर्तब्य, देशको कानुन, समस्या परे साउदी सरकारसँग सहयोग माग्ने निकाय र त्यसका प्रक्रियालगायतका विषय समेटिएको ब्रोसर पाउनेछन् ।
ब्रोसर कामदारकै मातृभाषामा तयार गरिएको हुने अरबन्युज डटकमले जनाएको छ । सरकारी कार्यालयमा मात्रै केन्द्रित भएको कामदारको सेवालाई विमानस्थलमा ल्याएपछि साउदीमा श्रमिकको अधिकार थप प्रत्याभुत हुने साउदी सरकारको विश्वास छ । यस्तै विदेशी कामदार र सरकारबीचको दुरी कम भएर साउदी उत्कृष्ट श्रम गन्तब्य मुलुकमा गनिने अपेक्षा गरिएको छ ।
कावासोती, ३ चैत - नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भएको पत्तालागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्(जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन्।
६ वर्षअघि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए। कोइलालगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना रहेको पत्ता लगाएका थिए।
कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा यो रु २३ खर्बभन्दा बढीको भण्डार हो। विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो। धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूरा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ।
एक सय हेक्टर क्षेत्रफलभित्र चालू वर्षको अन्तिमसम्ममा विस्तृत सर्भेसक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताए। धौवादी र धौवादीकै पोखरीमासमेत उत्खननका बारेमा अध्ययन भइरहेको छ। यसका लागि एकहप्ता अगाडिदेखि जियोलोजिस्टद्वय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन्।
उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन्। धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। विस्तृत अध्ययनबाट उत्खनन् सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महतोले बताए। सम्भावना देखिएका ठाउँमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुनसकेको छैन।
कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टिल, छड इत्यादि बन्छ। सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ। धौवादीमा विभागले उत्खनन्का बारेमा विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दा हौसिएका छन्।
कालो पत्थरको यो पहाडमा चुम्बक सजिलै समात्ने ढुङ्गा भेटिने भएका कारण साना–साना बाललिका समेत चुम्बक लिएर ढङ्गासँग खेल्ने गरेका थिए। बोझा पोखरीका कुलबहादुर ठाडाले भने, ’यहाँ फलाम खानीको रुपमा काम भए हाम्रो जीवननै फेरिने थियो।’रासस
२ चैत, काठमाडौं । तिब्बतमा आइपुगेको चिनियाँ रेललाई नेपालसम्म जोड्ने बहस सुरु भएको धेरै भइसक्यो । तर, अहिलेसम्म चिनियाँ रेल भित्र्याउने कुरा चियागफमा मात्र सीमित भइरहेको छ । अब भने नेपाल र चीनलाई रेलमार्गबाट जोड्न सरकार आफैं तात्ने भएको छ । नेपालले रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) का लागि चीनसँग आग्रह गर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको भ्रमणमा चीनसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पहल गरिदिन आग्रह गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्रलाई सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले यो विषयलाई चीन भ्रमणको एजेन्डामा पार्ने संकेत देखाएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अहिले एउटा चिनियाँ कम्पनीले रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिरहेको छ । विजयकुमार गच्छदार मन्त्री भएपछि अध्ययन थालेको सो कम्पनीबाट प्रतिवेदन भने आउन बाँकी छ । रेलमार्गको ‘प्रि-फिजिविलिटी’ अध्ययन भइरहे पनि विस्तृत अध्ययन सकेर काम अगाडि बढाउन मन्त्रालय तातेको हो ।
कहाँबाट आउँछ रेल ?
नेपालले चिनियाँ रेल तिब्बतको केरुङबाट काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्याउने प्रस्ताव बनाएको छ । तिब्बतको सिगात्से हुँदै चीनले नेपालको सीमावर्ती शहर केरुङसम्म रेल पुर्याउने घोषणा गरिसकेको छ ।
तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेसम्मको दुरी २ सय ५३ किलोमिटर पर्छ । चीनले १३ औं पञ्चवर्षीय योजना (२०१६-२०२०) भित्र सिगात्सेबाट दुईवटा रेल लिक विस्तार गर्दैछ ।
एउटा लिक नेपालको सीमाक्षेत्र केरुङ र अर्को लिक भारत एवं भुटानको सीमाक्षेत्र यादुङसम्म पुर्याउने चीनको योजना छ । नेपालको रसुवागढीबाट केरुङ करिव २६ किलोमिटर दूरीमा छ । चिनियाँ रेल नेपाल ल्याउन सकेमा ठूलो उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । तिब्बत घुम्न आएका चिनियाँ पर्यटक नेपाल भित्राउन र चीनसँग हुने व्यापार बढाउन रेलमार्ग कोशेढुंगा सावित हुनेछ । नेपालमा चिनियाँ रेल भित्राउन सकेमा ठूलो आर्थिक उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । विश्व पर्यटन संगठनका अनुसार चीनबाट तिब्बतमा झण्डै डेढ करोड पर्यटक भ्रमणमा आउने गर्छन् । जसमध्ये करिव ९० प्रतिशत पर्यटक रेल र बसबाट तिब्बत आउँछन् । तिब्बतको रेल नेपालसम्म ल्याउन सकेमा चिनियाँ पर्यटक आगमन बढाउन सकिन्छ ।
तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकमध्ये सानो हिस्सामात्र नेपाल भित्राउन सकेमा फालाफाल हुन्छ । अहिले तिब्बतसँग नेपाल सडक र हवाइ मार्गबाट जोडिएको छ । सडकमार्ग राम्रो नभएका कारण अपेक्षित पर्यटक भित्राउन सकिएको छैन । यसको अलवा चीनसँगको व्यापार बढाउनका लागि पनि रेलमार्ग उपयोगी हुने देखिन्छ । भारतले पटक-पटक नाकाबन्दी गरेर दुःख दिइरहेका बेलामा चीन र नेपाललाई रेलमार्गले जोड्न सकेमा भारतले नाकाबन्दी गर्दा पनि धेरै राहत हुने थियो ।
चीन सकारात्मक
नेपालमा रेलमार्ग विस्तारका लागि चीन सकारात्मक देखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।करिव डेढ वर्षअघि नेपाल भ्रमणमा आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सीमानासम्म आइपुग्ने रेल काठमाडौंसम्म विस्तार गर्न चाहेमा सम्भाव्यता अध्ययन गर्न सुझाव दिएका थिए । विदेशमन्त्री वाङले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग चाहिएमा सहयोगका लागि आफुहरु तयार रहेको बताएका थिए ।
वाङका अनुसार चीन, भारत र दक्षिण एशियासँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा नेपाल स्थापित हुनसक्छ । चीनले पटक-पटक नेपालमा रेलमार्ग विस्तारका लागि आग्रह गरे पनि नेपाली पक्षबाट आवश्यक कदम नचालेको बताइन्छ । तत्कालिन मन्त्री पाण्डेले वाङको प्रस्तावमा थप छलफल गर्ने बताएका थिए । तर, अहिलेसम्म चिनियाँ रेल काठमाडौं जोड्ने सम्भाव्यता अध्ययनको काम अगाडि बढेको देखिँदैन । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका बेला रेलमार्गको कुरा अगाडि बढ्ने अपेक्षा गरिएको छ । चीनले पहिलो चरणमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने र त्यसपछि पूर्वाधार विकासमा सहयोग गरिदिने नेपालको अपेक्षा छ ।
एउटा लिक नेपालको सीमाक्षेत्र केरुङ र अर्को लिक भारत एवं भुटानको सीमाक्षेत्र यादुङसम्म पुर्याउने चीनको योजना छ । नेपालको रसुवागढीबाट केरुङ करिव २६ किलोमिटर दूरीमा छ । चिनियाँ रेल नेपाल ल्याउन सकेमा ठूलो उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । तिब्बत घुम्न आएका चिनियाँ पर्यटक नेपाल भित्राउन र चीनसँग हुने व्यापार बढाउन रेलमार्ग कोशेढुंगा सावित हुनेछ । नेपालमा चिनियाँ रेल भित्राउन सकेमा ठूलो आर्थिक उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । विश्व पर्यटन संगठनका अनुसार चीनबाट तिब्बतमा झण्डै डेढ करोड पर्यटक भ्रमणमा आउने गर्छन् । जसमध्ये करिव ९० प्रतिशत पर्यटक रेल र बसबाट तिब्बत आउँछन् । तिब्बतको रेल नेपालसम्म ल्याउन सकेमा चिनियाँ पर्यटक आगमन बढाउन सकिन्छ ।
तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकमध्ये सानो हिस्सामात्र नेपाल भित्राउन सकेमा फालाफाल हुन्छ । अहिले तिब्बतसँग नेपाल सडक र हवाइ मार्गबाट जोडिएको छ । सडकमार्ग राम्रो नभएका कारण अपेक्षित पर्यटक भित्राउन सकिएको छैन । यसको अलवा चीनसँगको व्यापार बढाउनका लागि पनि रेलमार्ग उपयोगी हुने देखिन्छ । भारतले पटक-पटक नाकाबन्दी गरेर दुःख दिइरहेका बेलामा चीन र नेपाललाई रेलमार्गले जोड्न सकेमा भारतले नाकाबन्दी गर्दा पनि धेरै राहत हुने थियो ।
चीन सकारात्मक
नेपालमा रेलमार्ग विस्तारका लागि चीन सकारात्मक देखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।करिव डेढ वर्षअघि नेपाल भ्रमणमा आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सीमानासम्म आइपुग्ने रेल काठमाडौंसम्म विस्तार गर्न चाहेमा सम्भाव्यता अध्ययन गर्न सुझाव दिएका थिए । विदेशमन्त्री वाङले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग चाहिएमा सहयोगका लागि आफुहरु तयार रहेको बताएका थिए ।
वाङका अनुसार चीन, भारत र दक्षिण एशियासँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा नेपाल स्थापित हुनसक्छ । चीनले पटक-पटक नेपालमा रेलमार्ग विस्तारका लागि आग्रह गरे पनि नेपाली पक्षबाट आवश्यक कदम नचालेको बताइन्छ । तत्कालिन मन्त्री पाण्डेले वाङको प्रस्तावमा थप छलफल गर्ने बताएका थिए । तर, अहिलेसम्म चिनियाँ रेल काठमाडौं जोड्ने सम्भाव्यता अध्ययनको काम अगाडि बढेको देखिँदैन । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका बेला रेलमार्गको कुरा अगाडि बढ्ने अपेक्षा गरिएको छ । चीनले पहिलो चरणमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने र त्यसपछि पूर्वाधार विकासमा सहयोग गरिदिने नेपालको अपेक्षा छ ।
Dowry is known as a property or money brought by a bride to her husband on their marriage. In Parsa district a Marriage was stop in middle because of less dowry.Traditionally, a woman's family offered a dowry to potential husbands in order to make the match more attractive to the man and his family. The word dowry can actually mean "payment," but it can also refer to whatever property or savings a woman herself brings into a marriage. The Latin word dotare is the root of dowry, and it means "to endow or to portion out."
नेपाली मिडियामा धेरै भन्दा धेरै छाउने ज्योति मगर, तिर्सना बुढाथोकी र अर्चना पनेरु हुन । यिनीहरु मिडियामा छाउनु सकारात्मकरुपमा हैन कि नकारात्मक रुपमा हो । कहिले के प्रदर्शन गर्यो त कहिले के । त्यसै क्रममा एक जना चर्चित नायिका शुस्मा कार्कीले पनि यसरी बेली डान्स गर्ने निहुमा यसरी अंग प्रदर्शन गरे । हेर्नुहोस पुरा भिडियो सहित ।
उदयपुर – एक वर्षअघि हत्या गरिएका सनराईज बैंक जलजलेका सुरक्षा गार्डको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत साल माघ १९ गते राती बैंकको सुरक्षामा खटिएका त्रियुगा नगरपालिका वडा नं.–८ का खेम बहादुर बाँनीयाको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं.–११ जलजलेका टिका प्रसाद आचार्य, देउरी–१० का बब्लु भन्ने प्रेम दोर्जे शेर्पा र सोही ठाउँका अरविन्द बोगटीलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साथै हत्यामा संगल्न त्रियुगा नगरपालिका–८ बगाहा बस्ने विवेक थापा फरार रहेको प्रहरी उपरिक्षक नरबहादुर केसीले जानकारी दिए । गार्ड हत्यापछि बैंकमा राखिएको भल्टर (सेफ) फुटाउने प्रयास भएको तर, नफुटेपछि लुटेरा फरार भएको अनुसन्धानमा खुलेको छ ।
हत्याराले खुकुरी, गाडीको उचाल्न प्रयोग गरिने लिभर प्रयोग गरेर बानियाँको हत्या गरेको प्रहरीले जानकारी दिए । प्रहरीकाअनुसार एसएमएस, टेलिफोन वार्तालगायतको आधुनिक प्रविधिको प्रयोग गरि हत्यारा पहिचान गर्नमा सहयोग गरेको एसपी केसीले बताए । यस्तै अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान टोली र जिल्लाको प्रहरी टोलीले हत्याराको गहिराइसम्म पुगेर हत्यारा पक्राउ परेको प्रहरीले जानकारी दिए ।
मलेसिया: रोजगारीका सिलसिलामा मलेसिया आएका एक नेपाली २ महिना देखि बेपत्ता भएका छन्।
मलेसियामा अवौधानीक रुपमा काम गर्दै आएका रोल्पा गजुल-४ पानी पोखराका मुक्तबहादुर महरा मलेसियाबाटै बेपत्ता भएका हुन्।
उनका छिमेकि दिपक विकका अनुसार उनी सेलेरुर राज्यमा रहेको एक कम्पनीमा कार्यरत रहेका थिए।
कम्पनीको काम राम्रो नभएको भन्दै १ वर्षअघि अबैधानिक बनेका थिए। उनी सेलेरुर राज्यमा एक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए।
उनी २ महिनादेखि परिवार र साथीको सम्पर्कमा नरहेकाले उनी बेपत्ता भएको विकले जानकारी दिए। महरा बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेका छन्।
उनी अवैधानिक भएकाले प्रहरीले पक्राउ गरेको वा अन्य कुनै कारणले बेपत्ता भएको जानकारी नभएको विकले बताए।
नेपालमा विभिन्न विषयले राजनीतिक बजार गर्माइरहेका बेला ज्योतिषले भने खतरनाक भविष्यवाणी गरेका छन् ।
अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन लगायत विषयले ठूलो चर्चा पाइरहेका बेला ज्योतिषको नयाँ तर, खतरनाक भविष्यवाणी सार्वजनिक भएको हो ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले आइतबार मध्यरातिभन्दा १२ मिनेट अगाडिदेखि शनिग्रह उल्टो दिशामा घुमिरहेको भन्दै अनिष्टको सम्भावना धेरै भएको बताए । उनले भने- ‘शनिग्रह उल्टो घुम्दा लैकिक ज्योतिषमा राम्रो मानिदैन । यसले राजनीतिक अस्थिरता, वायुयान दुर्घटना निम्त्याउन सक्छ ।’
ज्योतिष सिटौला
यो समयको अर्थ(पैसा) जगतमा पनि प्रत्यक्ष असर पर्ने उनले बताए । उनले भने- ‘नेपाली स्टक बढ्न जाने छ । तर, अमेरिकन स्टक घट्न जान्छ ।’
ज्योतिष सिटौलाले शनिग्रह उल्टो घुम्ने समयमा देश तथा विदेशमा राजनीतिक उथल पुथल हुने सम्भावना उच्च रहेको बताए । ‘पूर्वी देशहरुमा सरकार परिवर्तन हुनेछ । कुनै ठूलै राजनेताको हत्या पनि हुनसक्छ । नेपालमा पनि विपक्ष दलको नेतालाई अनिस्ट हुन सक्छ ।’
उनले भने अनुसार विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति यो समयको चक्करमा फस्न सक्छन् । उसो त देउवा ज्योतिष शास्त्रमा विश्वास गर्ने नेता हुन् ।
ज्योतिषहरुका अनुसार शनी ग्रह उल्टो घुम्ने समय साउन १७ गते सम्म छ ।
यसअघि ज्योतिष सिटौलाले कांग्रेस महामन्त्रीमा शसांक कोइरालाको सम्भावना बढी रहेको भनेर भविष्यवाणी गरेका थिए । जून मेल खाएको छ ।
काठमाडौँ, स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताहरूले मधेसलाई अलग बनाएरै छाड्ने घोषणा गरेका छन् । उनीहरूले नेपाली राज्यसत्ताले जतिसुकै आफूहरूलाई यातना र दमन गरेपनि आफ्नो लक्ष्यबाट पछि नहट्ने चेतावनी दिए ।
अलग मधेस देशका लागि जस्तो सुकै दमन सहन गर्न तयार रहेको उनीहरूले बताएका छन् ।
सप्तरी जिल्लाको राजविराज र भारदहबाट पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरू सोमबार विशेष अदालतबाट २५–२५ हजार धरौटी तिरेर रिहा भएपछि आज (मंगलबार) मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी उनीहरूले मधेसलाई नेपाली राज्यको उपनिवेशबाट मुक्त गराएरै छाड्ने चेतावनी दिएका हुन् ।
कार्यक्रममा मोहम्मद उस्मानले यो देशलाई शान्तिको मार्गमा लाने हो भने मधेसी जनतालाई अधिकार दिनैपर्ने जिकिर गरे । उनले आफूहरू प्रहरी हिरासतमा हुँदा सुरक्षाकर्मीहरूले अमानवीय व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाए ।
उनले एक सुरक्षाकर्मीको भनाईलाई उदृत गर्दै भने, ‘अब यो देशमा नेपाली सेना परिचालन हुन्छ र सीके राउतजस्ता विखण्डनकारीलाई तह लगाउँछन् ।’
स्वतन्त्र मधेस गठबन्धनका एक जना अभियन्ता श्यामसुन्दर मण्डलले आफूहरू महात्मा गान्धीको मार्गबाट नै शान्तिपूर्णरुपले मधेसलाई स्वतन्त्र बनाउने दाबी गरे । उनले आफूहरूलाई राज्यसत्ताले जति पनि विखण्डनकारी भनेपनि आफूहरूले उठाएको माग सही नै रहेको जिकिर गरे ।
स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय सदस्य डा.वीरेन्द्र यादवले मधेसलाई अलग देश बनाइ छाड्ने चेतावनी दिए । उनले भने, ‘हामी विखण्डनकारी होइनौँ । राष्ट्र निर्माता हौँ । कसैले हामीलाई विखण्डनकारी भने पनि हामी राष्ट्र निर्माता हौँ । अलग मधेस देश बनाइ छाड्छौँ ।’
बेलबारी, २ चैत - कांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी २ दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ।
डाँगीहाट की २३ वर्षीया नरमाया विष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको प्रहरीले जनाएको छ।
कांग्रेस महाधिवेशनमा जाने भनेर हिँडेपछि बिष्टलाई बीचबाटोमै छाडेर धोका दिएको भन्दै धनकुटा भेडेटार ४ स्थित ग्रिन हेवन होटलकी संचालिका रीता भनिने खिमकुमारी लिम्बुले भाडाका गुन्डा प्रयोग गरेर अपहरण गर्दै बन्धक भनाएर यातना दिन लगाएकी हुन्।
खिमकुमारी कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का पूर्वसभापति स्वर्गीय गोबिन्द कार्कीकी पत्नी हुन्।
श्रोत ; डिसी नेपाल
काठमाडौं २ चैत्र – साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतले सोमबार अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।
अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।
श्रोत : नेपाल न्युज लाईभ
दुलही बनेकी छोरीलाई अन्माउँदा बाबुआमा र आफन्तजनका आँखा रसाउँछन्, दुलही त डाँकै छाडेर रुन्छन् । बेहुला र उनीसँगै आएका जन्तीहरु रमाउँदै, नाच्दै दुलही लिएर जान्छन् । यो मान्छेको बिहेबारीको परम्परागत रीति हो ।
यद्यपि अहिलेको जमानामा बिहेको दिन दुलही रुने भन्ने कुरा एकादेशको कथाजस्तै बन्न लागेको छ, अर्थात् दुलहीहरु हाँसीहाँसी अन्मिन्छन् । जे होस् आफ्नै छोरीचेलीलाई पराइको जिम्मा लगाउँदा बाउआमा तथा दाजुभाइहरुको आँखामा आँशु टिल्पिलाउनु स्वभाविकै हो । तर केवल चेली मात्र होइन, कुकुर अन्माउँदा पनि रुवाबासी हुँदो रहेछ ।
भारतमा हालै एक जोडी कुकुरको भव्यतापूर्ण तरिकाले बिहेबारी सम्पन्न भएको छ र बेहुली पक्षले आँशु झार्दै बेहुली कुकुर अन्माएका छन् ।
घटना भारतको उत्तर प्रदेशस्थित कौशाम्बी जिल्लाको हो । कुकुरको विवाह यति भव्य तरिकाले भयो की विवाह समारोहमा ५ हजार भन्दा बढि त पाहुना नै उपस्थित थिए ।
जिल्लाको पवारा गाउँका बासिन्दा बसन्त त्रिपाठीले पालेको शगुन नामको भाले कुकुर र जंग बहादुरले पालेको शगुनिया नामको पोथी कुकुरबीच भव्य विवाह भएको हो । हिन्दु विधिविधान अनुसार जंग बहादुरले आफ्नी शगुनियालाई कन्यादान गरेर शगुनको जिम्मा लगाए ।
लामो समयसम्म पालेर राखेकी शगुनियालाई अन्माउँदा जंग बहादुरका आँखामा आँसु टिल्पिलाएका थिए । अन्ततः शगुनियालाई सगुनसँगै कारभित्र राखेर लगियो र जंगबहादुरले उनीहरुको सुखद दाम्पत्य जिवनको कामना गरे ।
काठमाडौं, चैत १ - जिउ मास्ने बेच्ने मुद्दामा फरार रहेकी देवकी गिरीलाई सामाखुसीबाट प्रहरीले पक्रेको छ । धादिङ्ग खानीखोला बस्ने ३१ वर्षे गिरीलाई पुनरावेदन अदालत पाटनले २०६८ साल फागुन ३० गते बेचविखनको अभियोगमा चार वर्ष कैद सजाय सुनाएको थियो ।
युवतीलाई घर पुर्याइदिन्छु भनेर बेहोस बनाएर कलंकीबाट नाइटबस चढाएर वीरगञ्ज हुँदै भारतको कलकत्तामा पुर्याएर ९० हजार भारतीय रुपैयाँमा बेचेको केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।
पीडित युवतले बेचिएको वेश्यालयबाट २५ दिनपछि उम्कन सफल भएर चकलेट कारखानामा मजदूरी गरेकी थिइन् र केहि रकम जम्मा गरेर नेपाल पर्किएकी थिइन् । अभियुक्त गिरीलाई पक्राउपछि काठमाडौं जिल्ला अदालतले कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारामा पठाएको छ ।
एजेन्सी । दिल्लीको सीलमपुर इलाकामा विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा दंग परेकी छिन् । पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् ।
समाचार अनुसार युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी छोरीलाई भाडामा बस्ने युवकसँग आपत्तिजनक हालतमा फेला पारिन् । घरबेटी आमा देखेपछि भाडामा बस्ने युवक तुरुन्तै भाग्न सफल भए तर, रिसको आवेशमा आफूलाई सम्हाल्न नसकेर आमाले पुरै रिस छोरीमाथि पोख्दै सिरानीले घाटी च्यापेर हत्या गरिदिइन् ।
प्रहरीले यो घटनाको जानकारी तब पायो जब आरोपी आमा र उनका छोरा युवतीको शवलाई लिएर लोक नायक अस्पताल पुगे । उनीहरुले अस्पतालमा छोरीले आत्महत्या गरेको दाबी गरेका थिए तर, अस्पतालको चेकजाँचपछि हत्या भएको पुष्टि भयो । प्रहरीले भनेको छ कि– युवतीलाई मारेपछि आमाले सबभन्दा पहिला आफ्नो छोरालाई यो घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरेर आरोपी आमा र छोरालाई गिरफ्तार गरेको छ ।


















