वलात्कारको प्रयासपछि नायिकाको हत्या, अपराधी अझै पत्ता लागेन
मगर चलचित्रकी नायिकासमेत रहेकी पोखरा–१५, नयाँगाउँ, ऋषिमार्गकी १९ वर्षीया योरुना पुन ‘नेहा’ मंगलबार आफ्नै घर नजिकै हत्या गरी फालिएको अवस्थामा फेला परेपछि सो हत्याको चौतर्फी विरोध हुन थालेको छ ।
बलात्कार प्रयासपछि हत्या गरी फालिएको अवस्थामा नेहाको शव फेला परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल नेहाका हत्यारालाई कारबाहीको माग गर्दै अपलोड गरिएका उनको तस्वीरले भरिएका छन् ।
यसैबीच, नेपाल मगर संघ कास्कीले एक विज्ञप्ति प्रकाशित गरी नायिका नेहा पुनको हत्याको विरोध गरेको छ । अध्यक्ष पूर्णबहादुर रानामगरले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासनसमक्ष कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।’
यस घटनाले सम्पूर्ण कस्केली नागरिकले असुरक्षित महसुस गरेको भन्दै विज्ञप्तिमा हत्यारालाई तत्काल पक्राउ गरी आम नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउन मागसमेत गरिएको छ ।
त्यस्तै, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष मेखबहादुर छन्त्याल मगरले पनि बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी नेहाका हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन् ।
नेहा हत्याको घटनाले आम नागरिकमा त्रास निम्त्याएको भन्दै विज्ञप्तिमा शान्ति, सुरक्षाको प्रत्याभूमि दिलाउन प्रशासनसमक्ष जोडदार माग गरिएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.