हिउदो भरि चुपचाप बस्यो अब वर्ष शुरु हुने बेला भूकम्पबाट भत्किएका घर निर्माणको काम सुरु हेर्नुहोस (भिडियो)
काठमाडौं, फागुन १७ । भूकम्पबाट भत्किएका सर्वसाधारणको घर निर्माणको काम फागुन २० गतेबाट सुरु हुने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले फागुन २० गतेदेखि दोलखाको सिंगटीबाट अनुदान रकम बाँड्न सुरु गरेसँगै सर्वसाधारणले पनि घर निर्माणको काम सुरु गर्ने भएका हुन् ।
अनुदान रकम वितरण सुरु गरेपछि सहुलियत ऋणको व्यवस्थासमेत गरिने प्राधिकरणले जनाएको छ ।
गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले ४ लाख ९८ हजार घर भत्किएको प्रारम्भिक तथ्यांक छ ।
यद्यपि, अहिले इन्जिनियरमार्फत् वास्तविक तथ्यांक लिने काम पनि सुरु भएको छ । घर भत्किएपछि भूकम्प प्रभावितहरुले एउटा वर्षाद र एउटा हिउँद खुला ठाउँमै बसेर काटिसकेका छन् ।
आगामी वर्षायाम सुरु हुनुअघि नै घर बनाउने चाहना अधिकांश प्रभावितको छ ।
त्यसलाई ध्यान दिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पनि अनुदान वितरण गर्ने तयारी गरेको छ ।
एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.