५.५ रेक्टर स्केलको भुकपको भागदौडमा परि काठमाडौँमा १३ र ललितपुरमा २ जना घाईते


काठमाडौँ, २२ माघ । शुक्रबार राति गएको भूकम्पले राजधानीमा १४ जना घाइते भएको प्रारम्भिक विवरण मिलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी रानीपोखरीका अनुसार, काठमाडौँको अनामनगरमा मात्रै पाँच जना घाइते भएका छन् । अनामनगरमा केही घरमा आंशिक क्षति भएको छ । 

सुत्ने तरखरमा रहेका उनीहरुलाई राति १० बजेर ५ मिनेटमा गएको भूकम्पले कडा धक्काबाट घरमा भएको क्षतिले घाइते बनाएको हो । केही भने आत्तिएर भाग्ने क्रममा घाइते भएका हुन् । यसैगरी, काठमाडौँको असन, स्वयम्भु, पानीपोखरी, बालाजु लगायतका ठाउँमा पनि एक/एक जना घाइते भएका छन् । ललितपुरको इमाडोलमा पनि एक जना घाइते भएका छन् । घाइतेहरुको प्रहरीले उद्दार गरी विभिन्न अस्पतालमा लिएर गएको महानगरीय प्रहरी केन्ट्रोलले जनाएको छ । 

घाइतेहरुको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले भूकम्पपछिको भागदौडको क्रममा काठमाडौँमा १३ र ललितपुरमा २ जना गरी १५ जना घाइते भएको जानकारी दिए । भूकम्पको धक्का महशुस भएसँगै राजधानीमा स्थानीयहरु सडकमा निस्किएका थिए । शुक्रबार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु रहेको ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook