आफु मरेर अरु बचाउने काष्ठमाण्डप एयरको विमान दुर्घटनामा ज्यान गुमाउने पाइलटलाई सहिद घोषणाको माग


कालिकोट – शुक्रबार मध्यान्ह नेपालगञ्जबाट जुम्लाका लागी उडेको काष्ठमाण्डप एयरको विमान दुर्घटना परि ज्यान गुमाएका पाइलटलाई सहिद घोषणा गर्न कालिकोट उद्योग बाणिज्य संघले माग गरेको छ । स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउदै संघले सहिद घोषणाको माग गरेको छ । 

कालिकोट उद्योग बाणिज्य संघले बुझाएको ४ बुदेँ ध्यानाकषर्ण पत्रमा भनिएको छ, ‘आफ्नो ज्यानको प्रवाह नगरि अरुको ज्यान बचाएर आफ्नो ज्यानको आहुति दिने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सहिद घोषणा गर्न पहल लागि माग गर्दछौं ।’ दुर्घटनामा परि चालक दलका दुई जनाको निधन भएको छ । त्यसका सवार ९ जना घाइते भएका थिए ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook