तारा एयर चालक दल सहित २३ जनाकै मृत्यु भएको पुष्टि, जो दुई जना चालक दलका सदस्य अबिबाहित थिए : (भिडियो सहित)


"अनकन्टार भिरमा हेलिकोप्टर जान सकेन" 

काठमाडौं । बुधबार बिहान म्याग्दीको सोली–घोप्टे भन्ने जंगलमा दुर्घटनाग्रस्त तारा एयरमा सवार चालक दलका ३ सदस्य सहित २० जना यात्रु सबैको मृत्यु भएको उद्धारमा संलग्न नेपाली सेनालाई उद्धृत गर्दै म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले पुष्टि गरेको छन् । मृत्यु भएका चालक दलका तिन सदस्यमध्ये एक वर्षदेखि तारा एयरमा काम सुरु गरेका २९ वर्षीय नेमकुल ललितपुर पाटन निवासी हुन् । 

एयर होस्टेज रमा राउत कुलेश्वर निवासी हुन् । उनका अनुसार जहाज दुर्घटनास्थल भएको म्याग्दीको दाना गाविसको टिकेढुंगामा टुक्रा टुक्रा अवस्थामा जहाज भेटिएको छ भने जहाजमा सवार यात्रुहरु कोही पनि ज्यूदो छैनन् । शवहरु चिन्ने नसकिने अवस्थामा रहेको समेत उनले बताए। अहिलेसम्म विमानमा रहेका १७ जनाको शव भेटिएको खड्काले बताएका छन् । खोजीकार्यमा रहेको प्रहरी हवल्दार चन्द्रलाल रावलले घटनास्थलबाटै भने, ‘मौसम गडबडी भएर पानी पर्न थालेको छ, उद्धार तथा शव पहिचानमा अप्ठेरो आइपरेको छ ।’ उनका अनुसार नेपाल प्रहरीको १८ सदस्यीय टोली घटनास्थलमै खोजकार्यमा संलग्न छ । चिसो मौसम र हल्का वर्षाले हिउँ पर्ला जस्तो समेत रहेकाले त्यहाँ उद्धारका लागि पनि हेलिकोप्टर जान सकी नरहेको पनि उनले बताए । केहीबेर अघि मात्र नेपाली सेनाको टोली भने त्यहाँबाट फर्किर्एको समेत हवल्दार रावतले बताए ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook