नेपाल र भारत बीच यसरी भयो नौ सम्झौता


फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता तथा समझदारी भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान भएको छ । 

सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन । 

सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट पुर्‍याइने छ ।


, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook