प्रजातन्त्र दिवसको शुभकामना सन्देश दिँदै पूर्व राजाले उठाए गणतन्त्रमाथि गम्भीर प्रश्न


काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्या विज्ञप्ति जारी गर्दै शुभकामना सन्देश दिएका छन् । सन्देशमा पूर्व राजाले देशको वर्तमान स्थितिका कारण आफू मर्माहित बनेको बताएका छन् । उनले देशको नयाँ व्यवस्थाप्रति पनि प्रश्न उठाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयां विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधकसिद्ध हून नसक्नु सबैका लागी दुःखद कुरा हो । अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सून्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनूभुती मैले गरेको छु ।’ 

यस्तो छ पूर्व राजको शुभकामना सन्देश 

प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ, 
प्रजातन्त्र दिवसको यो सूखद अवसरमा हाम्रा जिज्यु बूवाराष्ट्रपिता श्री छ त्रिभूवनको स्मरण गर्दै ज्ञात अज्ञँत शहिद र प्रजातन्त्र प्राप्तिका निम्ती कृयाशिल सवै एतिहासिक व्यतित्व प्रति म हार्दिक श्रद्धाजंली प्रकट गर्दछु । 

नेपाल राष्ट्रको एकिकरण, प्रजातान्त्रिकरण, आधूनिकिकरण एवं मूलूकको अखण्डताको संरक्षण गरि प्रजातान्त्रिक राज्य प्रणाली स्थापनाका निम्ति हामीकहां भएको एतिहासिक प्रजातान्त्रिक आन्दोलन सफल बनाउन राजसंस्था र प्रजातन्त्रका निम्ति समर्पित नेपाली जनता सवैको सयुक्त प्रयत्न रहेको हो । राष्ट्र, राष्ट्रियता र राष्ट््िय गतिशिलताका लागी मैले आफू पन्छीएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ, तर राष्ट्रको सर्वोत्तम समुन्नतीको आकाक्षांवाट म पृथक छैन । दूर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयां विधि एवं प्रकृया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हून नसक्नु सबैका लागी दुःखद कुरा हो । अहिले देशमा गतिहिनता, संवेदनहिनता, अनेकता तथा विग्रहको अवस्था देखिएको छ । भविष्यको सून्दर सपना, शान्ति तथा स्थीरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत वनेको अनूभुती मैले गरेको छु । 

हामी नअल्मलिई राष्ट्रको भूवनोट, समाजिक स्वरुप, धर्म, संस्कृती र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ उद्द्धत हुन म सवैसँग हार्दिक आव्हान गर्दछू । 

श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन् । 
जय नेपाल ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook