भारतिय सुपर स्टार शाहरुख खानलाई मोदीको गाँउमा ढुंगा मुढा गर्दै यसरी लखेटिए
एजेन्सी: बलिउडका चर्चित अभिनेता शाहरुख खानमाथि नरेन्द्र मोदीको गृहनगर अहमदाबादमा ढुंगामुढा बर्साइएको छ । अहमदाबादको एक होटलो पार्किङमा शाहरुख खानमाथि ढुंगामुढा भएको हो ।
फिल्म रईसको सुटिङका क्रममा रहेका शाहरुख खान सवार कारमाथि ढुंगामुढा बर्साउँदै उनीविरुद्ध चर्का नाराबाजी पनि भएको छ ।
अहमदाबादमा सुटिङको सेट बाहिर रोकिएको शाहरुखको कारमा पनि तोडफोड गरिएको छ । यस क्रममा शाहरुख खानविरुद्ध चर्का नाराबाजी पनि भएको थियो ।
केही दिन पहिलेदेखि गुजरातमा बलिउड कलाकारहरुको विरोध भइरहेको छ ।
यसभन्दाअघि 'रईस' फिल्मको सुटिङका लागि गुजरातको भुज सहरमा पुग्दा शाहरुखले चर्को विरोधको सामना गर्नुपरेको थियो ।
३ फेब्रुअरीमा भुजक खारी नदी किनार गर्न लाग्दा स्थानीयले चर्को विरोध गरेपछि सुटिङ नै रद्द गरिएको थियो । स्थानीयको विरोधका बाबजुत अहमदाबादका अलग-अलग स्थानमा यो फिल्मको सुटिङ भइरहेको छ । शाहरुख शुक्रवार अहमदाबा पुगेका थिए ।
यसभन्दा अघि यो फिल्मको सुटिङ गुजरातको कच्छ जिल्लामा भएको थियो । समाचार अनुसार भुज, धोरडो र मान्डवी किनारमा 'रईस' को सुटिङ्गको विश्व हिन्दू परिषद्ले विरोध गरिरहेको छ।
'रईस' को कथा अहमदाबादका बदनाम बुटलेगर (गैरकानूनीरुपमा रक्सी बेच्ने) लतिफमाथि केन्द्रित रहेको छ । लतिफ सन् २०१४ मा पुलिसको इन्काउन्टरमा मारिएका थिए ।
अघिल्लो साल नोभेम्बरमा आफ्नो जन्म दिनमा शाहरुखले एक अन्तर्वार्तामा भनेका थिए, 'देशमा तीब्रगतिमा असहिष्णुता बढिरहको छ । यदि मलाई भनियो भने मैले पाएको अवार्ड फिर्ता गर्न सक्छु । देशमा तीब्ररुपमा बढेको असहिष्णुताले असहज महसुस गरिरहेको छु।'
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.