नातिनीको बिहे रमझममा कांग्रेस प्रतितिधिको यसरी भयो हत्या


जनकपुरधामः नातिनीको बिहेमा आउन लागेका जन्तीलाई स्वागत गर्न तम्तयार एक कांग्रेस कार्यकर्ताको शुक्रबार राति गोली हानि हत्या भएको छ । धनुषा क्षेत्र नम्बर १ बालाबाखर–४ बैरिया टोल निवासी कांग्रेसका नेता राजेनद्र यादवको उनको गाउँमै गोली हानी हत्या गरिएको हो । घरमा भाञ्जीको विहे भएकोले जन्तीको स्वागत गर्ने तयारीमा रहेका यादवलाई केही व्यक्तिहरुले घरबाहिर बोलाएर लगेपछि गोली हानिएको हो । 

उनको शव घरभन्दा करिब अढाई सय मिटर पर सडक छेउमा फालिएको अवस्थामा भेटिएको मृतकका भान्जा रामईश्वर यादवले बताए । ४५ वर्षीय यादवको पेट, छाती र घाँटीमा तीन गोली हानिएको छ । कांग्रेसको १३ औं महाधिवेशनका लागि गाउँ र क्षेत्रीय अधिवेशनको चटारो रहेको उनको गोली हानी हत्या गरिएको हो । धनुषामै अर्का एकजनालाई गोली हानी गम्भीर घाइते बनाइएको छ । मिलनसार स्वभावका यादवको गाउँमा कसैसँग ठूलो दुष्मनी नरहेको रामईश्वरले बताए । 

घरमा विहेको माहौलको कारण चर्को स्वरमा गीत बजाइएकोले गोलीको आवाज कसैले नसुनेको आफन्तहरुले बताएका छन् । शुक्रबार राति करिब १० बजेतिर घटना भएको र त्यसपछि आफुहरुले यादवलाई जनकपुर अञ्चल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको रामईश्वरले बताए । उनको शवलाई पोष्टमार्टमपछि पुर्खौली गाउँमा लगेर अन्तिम संस्कार गरिने जनाइएको छ । मृतक यादव नेकाको एकता हुनुपुर्व कांग्रेस(प्रजातान्त्रिक) का गाउँ इकाइ कमिटिका सभापति समेत रहेका थिए ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook