महतो र प्रचण्ड बीच फोनमा भनाभन, महतोले भने, २० हजार मारेको मान्छेलाई मुद्धा नलाग्ने हामीलाई लाग्ने ?
काठमाडौं ७ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच फोनमा चर्काचर्की बहस भएको छ । करिब ११ बजे तिर महतो र प्रचण्ड बीच गम्भीर चर्काचर्की भएको महतो निकटले जनाएको छ । सरकारले एकतर्फी रुपमा उच्चस्तरिय राजनीतिक समिति गठन गरे पछि प्रचण्डले महतोलाई फोन गरी मिलेर जान आग्रह गर्दा महतोले फोनमा प्रचण्डले सत्तारुढ दलहरुले मिलेर एकतर्फी रुपमा संयन्त्र गठन गरेर षडयन्त्र गरेको आरोप लगाएको श्रोतले जनाए ।
फोनमा सरकारले एकतर्फी रुपमा आन्दोलनकारी माथि विभिन्न आरोप लगाएर समातेको र आन्दोलनमा घाइतेहरुको उपचार खर्च समेत नदिएर सहमतीको बातावरण समेत बिगारेको आरोप लगाउँदै सरकार र सत्तारुढ दल वार्ता र सहमती प्रति गम्भीर नभएको आरोप लगाए । महतोले एकतर्फी रुपमा बनाइएको संयन्त्रमाथि आफ्नो सहमति नरहने जवाफ दिएका थिए ।
प्रचण्डले प्रहरी मारिएको भन्दै त्यसको छानविन मात्र हुने भनेपछि महतोले चर्काे श्वरमा प्रचण्डलाई भने, तपाईहरु २० हजार मान्छे मारेर आएको होइन, तपाईहरुलाई किन मुद्धा लागेन, अहिले आन्दोलनको क्रममा मारिएको मान्छेलाई मुद्धा लगाउने हो भने, तपाईहरुलाई पनि मुद्धा लाग्नु पर्छ, तपाईको पार्टीको गृहमन्त्रीले कति मान्छे मारेर आएका छन्, उनलाई पनि मुद्धा लाग्नु पर्ने बताए पछि प्रचण्डले तत्कालै गृहमन्त्रीलाई फोन गरी मोर्चाका कार्यकर्ताहरुको पक्राउ तथा मुद्दा लगाउने कार्य तत्काल रोक्न निर्देशन दिने महतोलाई बताएका थिए ।
फोनमा महतोले भने, सरकार र शिर्ष दल एकलौटी रुपमा अगाडि बढेको छ । हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेशको माग सम्बोधन गर्न तपाईहरुलाई एउटा अवसर दिएका थियौं, तर तपाईहरु यो अवसरलाई पनि सदुपयोग नगरी एकलौटी रुपमा उच्चस्तरिय संयन्त्र गठन गरेर मधेशी जनता सँग षडयन्त्र गरेको आरोप लगाए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.