खरो जनजाती नेता आङकाजी भन्छन : दुखमा बन्दुक बोकायौ सुखमा करिश्मालाई समायौ बाबुराम ?
२३ फाल्गुन २०७२/सुनौलो नेपाल
बाबुराम भट्टराईको नयाँ शक्ति बारे साजाजिक संजालमा विभिन्न टिकाटिप्पणी आइ रहने गर्छन । सर्वसाधारण देखि नेता प्रचण्ड सम्मले बेलाबखत टिप्पणी गर्ने गरेका छन् । भलै उनको नयाँ शक्तिमा प्रवेश गर्नेहरुको कमि पनि छैन ।
नयाँ शक्तिको पक्षमा कलम चलाउनेहरुको जमात पनि कम छैन ।
तर नयाँ शक्तिलाई सवै भन्दा ठुलो संगिन आरोप यो लाग्ने गरेको छ कि हिजो बर्गीय मुक्तिका लागी गरिबका छोरा छोरीलाई बन्दुक बोकाएर आज शहरका हिरोइन र धनाढ्यहरुलाई च्याप्दै हिड्ने गम्भीर आरोप लाग्ने गरेको छ ।
हिजोका विपन्न तथा गरिब बर्गलाई छोडेर, सम्पन्न बर्गलाई समेटेर नयाँ शक्ति जन्माएको लेखक तथा टिप्पणीकारहरुको ठम्याई छ ।
यता जनजातिका जल्दाबल्दा नेता आङकाजी शेर्पाले आफ्नो फेसबुकमा बाबुरामको नयाँ शक्तिलाई औल्याउदै कडा आलोचना गरेका छन् । उनले फेसबुकमा भनेका छन् “दुखका बेला बन्दुक बोकाएर १० बर्षे युद्धा लडायौ हामीलाई ! सुख बेलाका मयालु मुस्कान सुकिला मुकिला करिश्मालाई !”
राजनितिक स्वार्थमा दुख पर्दा गरिबका छोरा छोरीलाई बन्दुक बोकाएर लडाए आज तिनै लाई लत्याएर शहरकी हिरोइन लाई समाए भन्ने भाव बाट तिखो प्रहार गरेका हुन ।
नयाँ शक्तिलाई धोकेबाजको संज्ञा दिदै नयाँ बोतलमा पुरानो माल भनेका छन् । १२ बर्षको घनिभूत युद्द पछी पनि देशले परिवर्तनको काँचुली नफेर्दा नेपाली राजनीतिको इतिहासलाई विभिन्न अध्यायका रुपमा चित्रण गर्दै अहिलेको राजनीति पुजीबादी अभ्यासको स्वरूप दिरह्दा धेरैले पठित बुद्दिजिबिको बहाना भनेर टिप्पणी पनि गरेका छन् ।
आदिवासी, मधेसी, दलित, मुस्लीमालाई झुक्याउने बाबुराम बाहुनको नयाँ चाल ! प्रतिगामी संविधानको जारी गरको मान्छेले नयाँ शक्ति कसरी निर्माण गर्छ ? भन्दै आङकाजीले बाबुरामलाई प्रश्न तेर्स्याएका छन् !
बाबुरामको नयाँ शक्ति पनि ब्राह्मणवाद भएको संज्ञा दिदै भनेका छन् “सबै पुरुष बाहुन शासकहरुले जस्तै तिमीले धोखा दिन्छ भन्ने हामीलाई डर छ” भन्दै गजल शैलीमा प्रस्तुत गरेका छन !
हेर्नुहोस फेसबुक पोस्ट यस्तो छ !
श्रोत : सुनौलो नेपाल

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.