दुखद खबर : विषाक्त रक्सि पिएर २६ जनाको यसरी ज्यान गयो


जकार्ता, इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान लिएको छ। इन्डोनेसियाको मध्यप्रान्त जाभामा अवैध रुपमा उत्पादित र कमसल खालको रक्सीले ती व्यक्तिको ज्यान लिएको जनाइएको छ।

जाभाको उत्तरी नगर स्लेमनमा सो रक्सीको उत्पादन गरिएको थियो। रक्सीको सेवनबाट ती व्यक्तिको ज्यान गएको अनुसन्धानमा खटेका प्रहरीले जनाएका छन्। उनीहरूकाअनुसार रक्सी विषाक्त रहेको र त्यसैले कम्तीमा पनि २६ जनाको ज्यान लिएको पाइएको छ।

ज्यान जानेमा धेरैजसो विद्यार्थी रहेका छन्। उनीहरू घरमा बनेको रक्सी सेवनका लागि अर्कै नामबाट त्यहाँ गएका थिए। कतिपयले भने किनेर घरैमा ल्याएर खाएका थिए। बुधबारसम्ममा सो रक्सीको सेवनबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २६ पुगेको छ। त्यसमा परी अरु पनि कैयौँ नागरिक गम्भीर रुपमा बिरामी परेका छन्। 

उक्त नगरमा रक्सी निर्माणमा सम्लग्न भएको आशङ्कामा एकजना दम्पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस रक्सीको सेवनबाट गम्भीर घाइते व्यक्तिको उपचार जारी छ। तर त्यसका कारण बिरामी परेकाहरूको पहिचान भने खुलाइएको छैन।

मुस्लिम बाहुल्यता रहेको सो देशमा यसरी नक्कली रक्सीको सेवनबाट ज्यान जाने गरेका कैयौँ घटना रहेका छन्। यस्तो रक्सीको सेवनबाट अरु गत वर्ष पनि एक दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी सन् २००५ मा पनि सोही क्षेत्रमा कम्तीमा पनि २५ जनाको यसरी नै ज्यान गएको थियो । रासस \ एएफपी

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook