मन्त्रीले रक्सीले मातेको बेला महिला स्वकीय सचिवलाई ‘माइ डार्लिङ’ भने पछि भयो यस्तो बबाल !
काठमाण्डु, २७ माघ– उनी मन्त्रीकी पत्नी होइनन्, तर ‘म्याडम’ भन्दै दिनहुँ निवासका आगन्तुकको नमस्कार खान्छिन् । बस्ने खाने पनि सँगै हो । मन्त्री पनि झोलले रन्किएको बेला माइ डार्लिङ भन्छन् । अरु बेला कार्यकर्ता भन्छन् । यी हुन् खानेपाी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह ।
पोखराको लेकसाइडमा पुगेर प्रेमबहादुर समस्यामा परे । साना शहरी खानेपानी आयोजनाको क्षेत्रीय अनुगमन तथा बित्तीय अनुशासन विषयक गोष्ठीका उद्घोषकले फ्याट्ट भनिदिए, ‘माननीय मन्त्रीज्यूकी धर्मपत्नी नलिनीदेवी सिंह श्रेष्ठ ।’
नलिनी त खुशी भईन तर मन्त्रीले मुख अध्याँरो पारे । अनि, उद्घोषकलाई हत्तपत्त आफूतिर तानेर कराए, ‘जसलाई पायो त्यसलाई मेरो धर्मपत्नी भन्न पाइन्छ ? स्वकीय सचिव हो । त्यही भन्नुस । ’
अनि उद्घोषकले सच्याएर भने, ‘माफ गर्नुहोला उहाँ मन्त्रीज्यूको धर्मपत्नी नभएर स्वकीय सचिव हुनुहुन्छ । ’ यसपछि नलिनीको मुख अध्यारो भयो । जनआस्था साप्ताहिकबाट
श्रोत: काठमन्डु टुडे
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.