सनसनीपूर्ण खबर : फेरि अर्की महिलामाथि एसिड प्रहार


घोराहीः यहाँकी एक ३२ वर्षीया महिलामाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ साढे सात बजेतिर पसलमा बसिरहेकी घोराही नपा–२ गुलरियाकी थारु समुदायकी ती महिलामाथि एसिड प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार एसिड प्रहारबाट ती महिलाको देब्रे कान र गालामा घाउ भएको छ । उनलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । 

मोटरसाइकलमा आएका दुईजना युवाले चौधरीमाथि सिरिञ्जबाट एसिड हानेको जानकारी पीडित चौधरीका आफन्तले दिएको प्रहरीले जनाएको छ । उनका पति रोजगारीका सिलसिलामा भारतमा छन् । जिल्ला प्रहरी प्रमुख कुबेर कडायतका अनुसार प्रहरीले अस्पतालमै पुगेर पीडितसँग घटनाबारे बुझेको थियो । जाहेरी नआएका कारण प्रहरी आफैंले अनुसन्धान थालेको उनले बताए । कसले किन एसिड प्रहार गर्यो‌ भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook