खबर अचम्म : जहाँ चाहि तलबको सट्टा बलात्कार गर्ने अनुमति !
एजेन्सीः दक्षिणी सुडानमा सेनासँग आवद्ध लडाकूलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने अनुमति दिइएको छ ।
संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको रिपोर्ट अनुसार अघिल्लो साल झन्डै १३ हजार महिलाको बलात्कार गरिएको थियो ।
सेनाले सर्वसाधारणको हत्या तथा महिलाको बलात्कार गर्नु युद्ध अपराध भएको राष्ट्रसंघले जनाएको छ ।
तर, दक्षिणी सुडान सरकारले भने यो आरोप अस्वीकार गर्दै सेनाले सर्वसाधारणलाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
सुडानका राष्ट्रपति सल्वा कीरका एक प्रवक्ता एटेनीले आफूहरु नियमअनुसार काम गरिरहेको बताएको बीबीसीमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको रिपोर्टमा भनिएको छ–‘जसले गर्नसक्छौ गर, जसले लैजान सक्छ लैजाउ' सम्झौता अनुसार काम गर्ने हो । सम्झौताको अवधिभरको कामको तलबको सट्टा महिला तथा युवतीहरुलाई साथमा लैजाउ र उनीहरुको बलात्कार गर्न अनुमति दिइन्छ । रिपोर्ट अनुसार लडाकूहरुले सर्वसाधारणको निजी सम्पत्ति पनि लैजाने गरेका छन् ।
संयुक्त राष्ट्र संघको मानवअधिकार आयुक्त जैद राद अल हुसेनका अनुसार दक्षिणी सुडान जतिधेरै यौन हिंसा हुन्छन् त्यो संसारमा सबैभन्दा धेरै जघन्य मानवअधिकार हनन्का घटना हुन् ।
पीडित एक महिलाका अनुसार लडाकूहरुले उनका श्रीमानलाई मारिदिए भने १५ वर्षकी छोरीलाई १० सैनिकले बलात्कार गरेका थिए ।
एमनेस्टी इन्टरनेसनलले जारी गरेको एक रिपोर्ट अनुसार ६० भन्दा बढी युवा तथा पुरुषहरुलाई सरकारी कन्टेनरमा हालेर मारिएको थियो ।
संयुक्त राष्ट्र संघका अनुसार सरकार तथा सरकार समर्थित लडाकूले सामूहिक बलात्कार गर्नुका साथै मानिसहरुलाई टुक्राटुक्रा पारेर काट्ने गरेका छन् ।
रिपोर्टमा विपक्षी लडाकूमाथि पनि मानवअधिकार हनन्को आरोप लाग्ने गरेको छ ।
दक्षिणी सुडामा २०१३ डिसेम्बरबाट गृहयुद्ध सुरु भएको थियो । जतिबेला राष्ट्रपति कीरले आफ्ना उपराष्ट्रपति रीक माशरलाई पदबाट हटाएका थिए । उनलाई सरकार विरुद्ध लागेको आरोप लगाइएको थियो ।
माशरले उक्त आरोपको इन्कार गरेका थिए । तर, उनले सरकारसँग लड्नका लागि बिद्रोही सेना बनाएका थिए ।
त्यहीबेलादेखि दुई समूहबीचको संर्घष चल्दा हजारौ मानिस मारिएका छन् भने २० लाख भन्दा बढी मानिस घरबारबिहीन भएका छन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.