सनसनीपूर्ण खबर : सात प्रहरी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त सम्पर्कमा अाए
काठमाडाैं-सात प्रहरी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर गर्दै प्रहरीले खोजी सूचीमा राखेपछि रेशम चौधरी भुमिगत भए। ६ महिनादेखि नेपाल बाहिर लुकेर रहेका चाैधारीले नागरिकन्युजसँग टेलिफोन कुराकानी गर्दै अब नेपाल फर्कने बताएका छन्। टीकापुर घटनामा अाफू संलग्न नरहेको दाबी गर्दै नेपाल फर्केर सार्बजिनिक जीवन जिउने उनले बताए।
टेलिफोन वार्तामा उनले भने 'अहिले मलाई सबैभन्दा ठूलो पीडा के भैरहेको छ भने, अाज मजस्तो राष्ट्रवादी मान्छे देशद्रोही भएर बाँच्नु परेको छ, जसले राष्ट्रका लागि पटकपटक घातक काम गरे उनीहरू राष्ट्रवादी भएर बाँचेका छन्।' उनले अफू सम्बद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी लगतय नेता, मानवअधिकारकर्मी र सञ्चारकर्मीसँग जीवन रक्षा र सहज वातावरण बनाउनका लागि अाग्रह गरेको बताए। चाैधरीले राजनीतिप्रति वितृष्णा दर्शाउँदै भने ‘राजनीति निकै फोहोरी खेल रहेछ, अब म राजनीतिमा लाग्दिन होला।’
भाद्र ७ गते कैलालीको टीकापुरमा सीमांकनको विरोधमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गरेको अान्दोलनका क्रममा झडप हुँदा प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, २ वर्षे बालक टेकेन्द्र साउदसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो। ५० भन्दाबढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका थिए। सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने क्रममा अान्दोलनकारीले निशेधाज्ञा तोडेपछि आन्दोलन हिसांत्मक बनेको थियो। चाैधरी थारुवान आन्दोलन कैलालीका संयोजक तथा सदभावना पार्टीका नेताको रूपमा अान्दोलनमा सक्रिय थिए।
केहीदिनमै नेपाल अाउने बताएका चाैधरीले नागरिकन्युजसँग भने 'म दोषी प्रमाणित भए सजाय भोग्न तयार छु, तर कुटेर, पिटेर, बेहोस बनाएर ल्याप्चे लगाएर घटनाको दोषी हुँ भन्न नलगाइयोस्।' उनले भुमिगत रहँदा निकै तनाव र पीडा भोगेको र अाफू कलाकार भएको नाताले कविता, गीतमा ति पीडा र भावना उतारेको भन्दै फोनमै 'राष्ट्रवादी कविता' सुनाए।
सुनाैं ६ महिनादेखि भुमिगत रहेका रेशम चाैधरीसँग नागरिकन्युजले गरेको टेलिफोन वार्ताः

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.