काँग्रेस महाधिबेशनमा देखियो यस्तो रोचक दृष्य, नेताले मंच बाहिर पिसाब फेर्ने देखि सयौ भारतिय गाडी सम्मा (भिडियो सहित)
छरे उम्रिने र मलजल समेत गर्नु नपर्ने दलकोरुपमा नेपाली काँग्रेसको व्याख्या र विश्लेषण गर्नेहरु यो मुलुकमा धेरै छन । काँग्रेसलाई भिडको जत्था भन्नेहरु पनि छन र काँग्रेसलाई प्रजातन्त्रको संवाहक एवं देश परिवर्तनको शक्ति मान्नेहरु पनि छन नै । काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोहमा यस्ता धेरै दृश्यहरु देखिए , जुन दृश्यहरुले धेरैलाई आश्चर्यमा पार्न बाध्य तुल्यायो ।
यो भारतीय नम्बर प्लेटको– बीआर ०६ पीबी २७०६ नम्बरको गाडी । जसमा नेपाली कांग्रेसको झण्डा राखिएको छ । यो गाडी धनुषाका कांग्रेस नेता दिनेशप्रसाद यादवले पार्टीको जारी १३ महाधिवेशनमा प्रयोग गर्नका लागि ल्याएका हुन् । यो मात्रै होइन, यस्ता थुप्रै भारतीय नम्बर प्लेटका गाडीहरु कांग्रेस महाधिवेशनका लागि काठमाडौं ल्याइएको छ, जहाँ नेपाली कांग्रेसको झण्डासँगै पर्चा, पम्प्लेट र स्टिकर टाँसिएको छ ।
हेर्नुहोस रोचक भिडियो

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.