किन एकाशी रामचन्द्र पौडेललाई आत्महत्या गर्न मन लाग्यो त !
काठमाण्डु, २० फागुन– काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले राजनीति गर्ने मानिसहरुदेखि आफूलाई दिक्क लाग्ने गरेको बताएका छन् ।
पार्टीको तेह्रौं महाधिवेशन उदघाटन शत्रमा बोल्दै पौडेलले आफूमा राजनीति गर्ने मानिसप्रति निन्दित भावना रहेको बताए ।
राजनीतिमा लागेकाहरुको गलत आचरण देखेर कहिले काहीँ आत्महत्या गर्न मन लागेर आउने गरेको उनने सुनाए । ‘मलाई राजनीति गर्ने मान्छेदेखि निन्दा लागेर आउँछ’, उनले भने, ‘कहिलेकाहीँ मलाई आत्महत्या गरौंजस्तो लाग्छ ।’ पौडेलले आत्महत्या गर्न मन लाग्छ भनिरहँदा छेवैमा बसेका सभापतिका अर्का प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवा मुसुमुसु हाँसेका थिए ।
पौडेलले राजनीतिक दल र नेताले राजनीति र राजनीतिमा लागेका मानिसप्रति विश्वास दिलाउन जरुरी छ रहेको उनको भनाइ थियो । राजनीतिक दल आफ्ना लागि खुलेको भान जनतामा हुनेपर्ने उनले बताए । पौडेलले संविधानसभाबाट बनेको नयाँ संविधानले लोकतान्त्रिक समाजवादलाई चरितार्थ गर्न चाहेको भन्दै संविधानल बिपी कोइरालाले सुरु गरेको प्रजातान्त्रिक समाजवादलाई संविधानले पुरा गरेको बताए ।
‘जतिबेला यो संविधान नेपालमा कार्यान्ययन हुनेछ त्यतिबेला लोकतान्त्रिक समाजवादको निर्माण हुनेछ र त्यतिबेला भारत र विश्वले देख्नेछ कि हिमालको काखमा रहेको नेपालले विश्वमा कस्तो ज्ञान दियो’, उनले भने । कांग्रेस नेतृत्वमा नेपाली समाजको परिवर्तन हुने दाबी गर्दै पौडेलले त्यसका लागि पहिले आफू परिवर्तन हुनु आवश्यक रहेकामा जोड दिए ।
विकास र परिवर्तनका लागि लड्डा ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ जस्तै भइरहेको भन्दै पौडेलले अब डटेर देशको विकासमा लाग्नुपर्ने बेला आएको बताए । फरक प्रसंगमा उनले संविधानमा असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चाका माग सम्बोधन गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे ।
श्रोत : काठमन्डु टुडे

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.