चकलेटी बुढो नायक भुवन केसीको ‘ड्रिम्स’ले ६ करोड कमाएको दाबी, ‘बुढी र भूडी’को चर्चा धेरै


नायक भूवन केसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ले ६ करोडको व्यापार गरेको दाबी यसका वितरकहरुले गरेका छन् । काठमाण्डौमा शनिबारसम्म ४ करोडको व्यापार भएको दाबी वितरक गोविन्द शाहीले गरे । यस्तै, काठमाण्डौ बाहिर २ करोडको व्यापार भएको दाबी वितरक मनोज राठीले गरेका छन् । 

नायक तथा निर्देशक केसीले चलचित्रले सफलता हासिल गरेपछि काठमाण्डौमा सक्सेस पार्टी पनि दिएका छन् । उनले आयोजना गरेको सक्सेस पार्टीमा पत्रकार, चलचित्रका वितरक, निर्माता र कलाकार सहभागी थिए । 

चलचित्रको सफलता पार्टीमा पुगेका निर्माता डाक्टर कपिल रिजालले वेलायतमा छायांकन हुने गरि नयाँ चलचित्रको काम भैरहेको बताए । जसमा भूवन केसी र अनमोल केसी दुबैले अभिनय गर्ने उनको भनाई थियो । भूवनको सफलता पार्टीमा देखिएका केही रोचक कुराहरु यस्ता छन्ः



१. चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तोकिएको समयमा नै कार्यक्रम स्थल पुगेकी थिइन् । साम्राज्ञी आफ्नी आमाको साथमा कार्यक्रममा पुगेकी थिइन् । दिनभरि टीभी हेरेर बस्ने आफ्नी छोरीले यती राम्रो काम गर्छिन् भनेर आफूले नसोचेको उनकी आमाले बताइन् । 

२. अधिकांश अतिथी पुगेपछि मात्र कार्यक्रमस्थलमा पुगेका भूवन केसीले आफूलाई ‘डि्रम्स’को निर्देशक पो त हुँ’ भन्दै परिचय गराएका थिए । 

३. नायक अनमोल केसीले चलचित्र सफल बनाउन सहयोग गरेको भन्दै सबैसँग हात मिलाएका थिए । उनको यो व्यवहारले धेरैलाई आकषिर्त गरेको थियो । 

४. कार्यक्रममा ‘बुढी पनि तिम्रै, भूडी पनि तिम्रै’ भन्ने चलचित्रको संवादको चर्चा धेरै भयो । पटकथा तथा संवाद लेखक सामिप्यराज तिमिल्सिना यो संवाद भन्न लजाए । 

५. नायिका साम्राज्ञीले ‘लोकल ठर्रा खाने गर’ भन्ने संवाद सुनाइन् । कार्यक्रममा उनको अभिनयको खुबै तारिफ भयो । 

६.डाक्टर कपिल रिजालले भूवन र अनमोललाई लिएर चलचित्र बनाउने बताएपछि भूवनले भने पछि मिडियासँग ठट्टा गर्दै ‘अनमोलको भन्दा बेजोड भूमिका भए किन गर्छु र’ भन्दै रमाइलो गरे । करिब १ करोडको बजेटमा तयार भएको भनिएको यो चलचित्रले आजसम्म निर्माताको लगानी फिर्ता गरेर करोड माथि नाफा दिइसकेको छ । यसैले पनि भूवन केसी र अनमोल केसीको सपना पुरा भएको स्पष्ट वुझ्न सकिन्छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook