नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा १८२२ सभापतिमा निर्बाचित


काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई भारती हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् । 

सोमबार राति राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनामा देउवाले १ हजार ८२२ मत प्राप्त गरेका छन् । यसैगरी पौडेलले १ हजार २९६ मत प्राप्त गरेका छन् । पहिलो चरणको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका देउवाले दोस्रो चरणको चुनावमा प्रतिद्वन्द्वी पौडेललाई ५२६ मतअन्तरले पराजित गरेका हुन् । देउवाको जितसँगै कांग्रेसमा कोइराला परिवारको एकछत्र राज तोडिएको छ । 

देउवा सुदूरपश्चिम घर भएका तथा डडेल्धुराबाट निर्वाचित सांसद हुन् । देउवालाई निर्वाचन समितिले सभापतिमा विजयी भएको औपचारिक घोषणा गर्न बाँकी छ । दोस्रो चरणको निर्वाचनमा २२ वटा मत बदर भएको छ । यसअघि पहिलो चरणको निर्वाचनमा १०० वटा मत बदर भएका थिए ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook