प्रहरी निरीक्षक र प्रहरी जवान घुससहित यसरी पक्राउ
सप्तरी, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक प्रेमबहादुर थापा र प्रहरी जवान अशोककुमार यादवलाई रु ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,पूर्वाञ्चल क्षेत्रीय कर्यालय इटहरीले आज पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले सप्तरीका मोहम्द सवीर अलीसँग मोटरसाइकल दुर्घटनामा परेका मुद्दा मिलाइदिने भन्दै रु ४० हजार घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लराज बस्नेतले जानकारी दिनुभयो ।
बस्तेतका अनुसार अलीसँग मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाउनका लागि थापा र यादवले पहिलोचोटी रु ४० हजार लिने र मुद्दा मिलिसकेपछि फेरि रु एक लाख दिने सहमतिसमेत भएको थियो ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.