आफू मरेर यात्रुको ज्यान बचाउने चालकद्वय दिनेश न्यौपाने र सन्तोष राणाप्रति यसरी सामूहिक श्रद्धाञ्जलि
आफू मरेर अरुको ज्यान बचाउन सधैं महान हुन्छन् र उनीहरु सबैको स्मरणमा रहन्छन् । यस्तै काम गरेका छन् काष्टमण्डप एयरका चालक र सहचालकले आफू मरेर विमानका यात्रुको ज्यान बचाएपछि उनीहरु राष्ट्रिय नायक बनेका छन् ।
गत फागुन १४ गते कालीकोटको चिलखाया गाविसमा भएको विमान दुर्घटनामा चालकद्वयले आफू मरेर यात्रुहरुको ज्यान बचाएका थिए । उनीहरुको सम्मानमा बुधवार जुम्लामा सामूहिक श्रद्धाञ्जलि गरियो । आफू मरेर पनि यात्रु बचाउने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको १३औँ दिनको पुण्यतिथिका अवसरमा जुम्लामा सामूहिक श्रद्धाञ्जलि सभा गरिएको हो ।
कर्णाली स्पोर्टस् क्लबद्वारा आयोजित श्रद्धाञ्जलि सभामा प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले यो निकै सम्झनयोग्य दुर्लभ घटना भएको बताउनुभयो । साहसी पाइलटहरुको उच्च सम्मान र घाइतेको शीघ्र स्वास्थ्योपचारका निम्ति सरकारले प्राथमिकता दिने प्रजिअ पौडेलले जनाउनुभयो । कार्यक्रममा दलका प्रमुखहरुले चालकद्वयको राष्ट्रियस्तरमा सम्मानका लागि पहल गर्ने स्थानीयस्तरमा सम्झनास्वरुप घटनास्थल चिलखाया तथा जुम्ला विमानस्थलमा शालिक तथा स्मृतिपार्क तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।
श्रद्धाञ्जलि सभामा तीन हजार ३१ जनाले शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । चालक न्यौपाने र सहचालक रानाको काष्ठमण्डप विमानमा नेपालगन्जदेखि जुम्ला आउने क्रममा जहाजमा एक्कासि खराबी आएपछि आकस्मिक अवतरण गर्न खोज्दा ज्यान गएको थियो । सो जहाजमा सवार एकजना नुवाकोट जिल्लावासीसहित बाँकी आठ जुम्लावासी यात्रुको ज्यान जोगिएको थियो । उनीहरुको अहिले विभिन्न स्थानमा उपचार भइरहेको छ । यो घटना पाइलट मरेर अरु यात्रुलाई जोगाइएको निकै दुर्लभ घटना हो ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.