पैसाको भरमा सभासद पड्काउदै हिड्ने विवादस्पद लार्क्याल लामा गोलीसहित यसरी पक्राउ


काठमाडौं— एमाओवादीका विवादस्पद सांसद लारक्याल लामा गोली सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामामाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धानका क्रममा अाइतबार लामाको बै‌ंक लकरमा १४ थान गोली फेला पारेपछि पक्राउ गरिएको हो। चाइनिज पेस्तोलमा लाग्ने खालको गोली रहेको प्रहरी स्रोतले जनाएको छ। 

छानवीनकै क्रममा आइतबार अख्तियारको टोलीले लामालाई दरबारमार्गिस्थित इन्भेष्टमेन्ट बैंक पुर्‍याएको थियो। बैंकको लकर अख्तियारलाई देखाउने क्रममा बन्दूकका गोली फेला परेका हुन्। 

लकरमा गोली फेला परेपछि अख्तियारको टोलीले सँगै रहेका लामालाई दरबारमार्ग प्रहरीमा जिम्मा लगाएको छ। लामाविरुद्ध हातहतियार तथा खरखझना मुद्दा अगाडि बढाउने तयारी भइरहेको छ। 

लारक्यालको विवादास्पद पृष्ठभूमि 

लार्क्याल नेपाली राजनीतिका विवादस्पद व्यक्ति हुन्। पहिलो संविधान सभा चुनाबपछि एमालेले उनलाई सभासद बनाएको थियो। एमालेबाटै मन्त्री भएका बेला उनी तिब्बती शरणार्थी भएको, पछि नेपालको नागरिकता लिन सफल भएको तथा भारतीय पासपोर्ट भएको पुष्टि भएको थियो। नेपाली नागरिकता, भारतीय पासपोर्ट र तिब्बतीयन शरणार्थी कार्ड लिन उनले भिन्नभिन्न नाम प्रयोग गरेको खुलेको थियो। खेम्पो छिरिङको नाउँमा १९९८ जुन १२ मा भारतीय पासपोर्ट निकालेको एवं १९६९ मा लामा छिमे छिरिङको नाउँबाट तिब्बतीयन शरणार्थी लिएको पुष्टि भएको थियो। 

यसैगरी सन् २००० मा लार्क्याल मिस्टर वाङ्चुक रिम्पोछे नामबाट परराष्ट्र मन्त्रालयबाट नेपालको पासपोर्ट निकालेका थिए। भिन्न नामबाट पासपोर्ट, भारतीय पासपोर्ट लगायतका विषय प्रमाणित भएपछि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले लारक्याललाई मन्त्री पदबाट हटाएका थिए। दोस्रो संविधान सभा चुनाबमा एमालेले नपत्याएपछि लारक्याल एमाओवादीतिर छिरेका थिए। पैसा बुझाएको भरमा उनी एमाओवादी सभासद बन्न सफल भएको विश्वास गरिन्छ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook