सनसनीपूर्ण खुलासा : गृहमन्त्रीमाथी नै यसरी लाग्यो गम्भीर चोरीको मुद्दा
काठमाडौं – एमाओवादीका नेता शक्तिबहादुर बस्नेत मौजुदा मन्त्रिमण्डलमा गृहमन्त्री छन् । उनीमाथि देशकै शान्ति सुरक्षा गर्ने दायित्व छ । उनी यही कामका लागि मन्त्री भएदेखि नै लागिपरेका छन् । तर, अचम्म लाग्दो कुरा मन्त्री बस्नेतमाथि नै एउटा गम्भीर मुद्दा छ । त्यो पनि अरु केहीको नभएर चोरीको हो ।
यसको कहानी यस्तो छ :
२०४६ को राजनीतिक परिवर्तनपछि जाजरकोटमा कम्युनिष्ट आन्दोलनको माहांैल बनेको थियो । ०४८ को चुनावपछि गाउँमा कांग्रेसको एकछत्र रजाई सुरुभयो । कम्युनिष्टहरु पनि गाउँमा गतिविधि बढाइरहेका थिए । गाउँमा क्रान्तिकारी कम्युनिष्ट र कांग्रेसबीचको राजनीतिक दाउपेच पेचिलो बन्दै गयो । ०४९ सालतिर कांग्रेस, पञ्च र तत्कालीन नेकपा मशालका कार्यकर्ताबीच स्थानीय तहमै लडाइँहरु हुन थालेका थिए ।
यस्ता लडाइहरु चर्कंदै जान थाल्यो । त्यतिबेला रोल्पामा राज्यले रोमियो अप्रेसनका नाममा नेकपा मशालका कार्यकर्तामाथि दमन बढाइरहेको थियो, ती घटनाहरु जजरकोटसम्म फैलिँदै आयो । रोल्पामा रोमियो अप्रेसन चल्न थालेपछि जाजरकोटमा थप विद्रोही गतिविधि बढ्न थाल्यो । महालका कार्यकर्ताहरुले रोल्पामा आफ्ना कार्यकर्तामाथि भएको दमनको बदलामा जाजरकोटमा सामन्तहरुमाथि कारबाही गरेर लिन थाले । त्यस्तो गतिविधिको अहिलेका गृहमन्त्री शक्ति बस्नेतले नेतृत्व गरिरहेका थिए ।
प्रतिरोधका घटना बढाउँदै जाँदा गाउँगाउँमा कारबाहीहरु हुनथाले । गाउँका सामन्ति, जाली फटाहाहरुले पनि मशालका कार्यकर्ता विरुद्धमा भएभरका शक्ति लगाएर लडिरहेका थिए ।
त्यसरी गाउँमै कांग्रेस, पञ्चहरुसँग संघर्ष चल्दैजाँदा ०५१ मा शक्ति बनेतसहित मशालका करिब एक दर्जन नेता कार्यकर्तालाई चोरी डकैती मुद्दा लगाइएको थियो । त्यो मुद्दा अझै पनि फिर्ता नभएको वैद्य माओवादीका नेता तथा पूर्वलडाकु कमाण्डर युवाराज आचार्य साकारले बताए ।
यिनै शक्ति बस्नेतको नेतृत्वमा जनयुद्ध सुरु हुने वित्तिकै जाजरकोट कांग्रेस नेता दिपबहादुर सिंहको घर कब्जा भएको थियो । सिंह पूर्व बन सहायकमन्त्री समेत थिए । यही घर कब्जा गरेवापत बस्नेतलाई चोरी मुद्दा लगाइएको थियो, जुन अहिलेसम्म पनि छ ।
श्रोत : अखबर दैनिक
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.