नेपाल सरकारको ठुलो बेज्जत : जापानी राजकुमारले सोधे भुकम्प पीडितलाई सहयोग गरेको रकम खै ?
नेपालको विनाशकारी भूकम्पपछि सबैभन्दा बढी सहयोग गर्ने मुलुक जापानका युवराज नारुहितोले नेपालमा भूकम्पले पुर्याएको क्षति र पुनःनिर्माणको कामप्रति चासो व्यक्त गर्नुभएको छ । जापानी चलचित्र ‘एभरेस्ट : दि समिट अफ दि गड्स हेरेपछि टोकियोस्थित नेपाली कार्यवाहक राजदूत गेहेन्द्रराज भण्डारीलाई भेटेरै युवराज नारुहितोले भूकम्पले भत्काएको संरचना र पुनर्निर्माणको स्थिति कस्तो छ भन्दै प्रश्न गर्नुभएको हो ।
उक्त कार्यक्रममा युवराजले नेपालप्रति राखेको चासोलाई संसारकै सर्वाधिक बिक्री हुने जापानी पत्रिका ‘आसाई सिम्बुन’ले प्रमुखता साथ छापेको छ । चलचित्र हेरेपछि युवराज नारुहितोले ३ दशकअघि आफूले नेपाल भ्रमण गरेको क्षण स्मरण गर्दै नेपाललाई सहयोग गर्न जापानी नागरिक कहिल्यै पछि नपर्ने विश्वास दिलाउनुभएको थियो । चलचित्र हेर्न युवराज नारुहितो, युवराज्ञी मासाको ओवादा र राजकुमारी आइको पनि उपस्थित थियो ।
सगरमाथा आधार शिविर र आसपास छायांकन गरिएको उक्त फिल्म जापानको प्रख्यात उपन्यास ‘कामिगामी नो इटाडाकी’ अर्थात् देवीदेवताको चुचुराको कथामा आधारित छ । जापानका प्रसिद्ध उपन्यासकार बाकु युमेमाकुराले यसलाई लेखेका हुन् । जापानी आरोहीको संघर्षपूर्ण सगरमाथा आरोहणलाई रोचक ढंगले प्रस्तुत गरिएको उक्त सिनेमा जापानमा यसै साता हलहरूमा लाग्नेछ । व्यावसायिक प्रदर्शनअघि नेपालका भूकम्पपीडितको सहयोगार्थ टोकियोको रोपोन्जी हिल्जमा प्रिमिअर शो गरिएको हो । हरेक हलमा पुग्दा उक्त सिनेमा निर्माण टोलीले आफ्ना दर्शकलाई पहिले नेपालबारे जानकारी दिएर फिल्म आरम्भ गर्ने त्यसका निर्देशक तथा कलाकारले जानकारी दिए ।
जापानीले पाँच हजार मिटरभन्दा माथि छायांकन गरेको यो पहिलो चलचित्र भएकोसमेत उनीहरूको भनाइ छ । चलचित्रका निर्देशक हिदेयुकी हिरायामा र मुख्य भूमिकामा रहेका नायक जुनिची ओकादा जापानका प्रख्यात निर्देशक र कलाकार हुन् । उनीहरूले सिनेमा देखाउनुअघि नेपालमा बिताएका पल र अनुभवसमेत प्रस्तुत गरेका थिए । नेपालमा महाभूकम्प जानुभन्दा तीन दिनअघि मात्र उनीहरू फर्किएका थिए । उक्त चलचित्र नेपालमा ३ महिना छायांकन गरिएको थियो । जापानी युवराजले दुई घण्टाको चलचित्र पूरै हेरेका थिए । त्यसपछि करिब आधा घण्टा कार्यवाहक राजदूत र चलचित्र निर्माण समूहसँग बिताएका थिए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.