यसरी छानिए पहिलो चरणमा इजरायल जान १०० जना (नामसहित)


काठमाडौं– इजरायलका केयर गिभरको कामका लागि पठाउन पहिलो चरणमा एक सय जनाको नाम छनोट भएको छ । १ सय ३९ जनाले आवेदन दिएकोमा १०० जना आवेदकको चिट्डा प्रणालीबाट नाम निस्किएको हो । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा भाषा परीक्षा हुने जनाएको छ । 

परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले व्यवस्थित रुपमा इजरायल पठाउनका लागि तय गरेको कार्यविधिअनुरुप उनीहरु इजरायल जान पाउने भएका हुन् । ५ वर्षदेखि इजरायलमा नेपाली कामदारलाई पठाउन प्रतिबन्ध लगाइएको थियो । सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, पारदर्शी एवम् निष्पक्ष हुने र कुनै असान्दर्भिक व्यक्ति, संस्था, निकायसँग आर्थिक कारोबार नराख्न विभागले परीक्षार्थीलाई ध्यानाकर्षण गराएको छ ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook