गुड न्युज : इराकमा बिचल्लीमा परेकी मनिषा राई यसरी नेपाल फर्किदै !


१५ फेब्रुवरी, ईराकमा बिचल्लिमा परेकी मनिषा राई आज नेपाल फर्किने भएकी छिन्। भोजपुर जिल्ला, हसनपुर गा बि स -४ कि मनिषा बिगत ४ महिना अगाडी ईराक पुगेकी मनिषालाई ६/७ घण्टा मात्र काम गर्नु पर्ने, मासिक तलब ३५० डलर हुने भनेर ईराकको कुर्दिस्थान पुर्याईएको थियो। त्यहाँपुगेपछि न भने बमोजिमको काम दियो, नत तलब नै। उल्टो साहुको दर्ब्याबहार सहन नसके पछि करिब ४५ दिन अगाडी उनी त्यहाँबाट भाग्न सफल भई साथीको शरणमा पुगेकी थिईन्। 

त्यस पछि परिवर्तशील सोंच( Mind Apps मनिषा पनि यस संस्थामा आबद्द छिन्) का अभियान्ता राम बियोगीको मद्दतमा परदेशी खबरको सम्पर्कमा आएकी थिईन्। परदेशी खबरसँगको सम्पर्क पछि उनको सम्पूर्ण बिबरण सहित परदेशी खबर डटकमले फेब्रुवरी १ तरीकमा उनको बाटेमा समाचार सम्प्रेषण गरेको थियो। समाचार सम्प्रेषण पछि देश विदेशबाट त्यही समाचारलाई आधार बनाएर सम्प्रेषण हुन थाल्यो। त्यसपछि नेपालका एजेण्ट माथि ठूलो दवाब सृजना हुन गई एजेण्टले बाध्य भएर उनलाई नेपाल फर्काउन तैयार भएका थिए। मनिषा आज ईराक एअरको फ्लाईट नं. IA105 बाट १६:१५ मा दुवईका लागि उडेकी छिन्। दुवईबाट भोलि १६ फेब्रुवरीमा फ्लाई दुवईको फ्लाईट नं. FZ५७५ बाट १३:५५ मा नेपाल प्रस्थान गर्ने छिन्। नेपालमा भोलि १९:५० अवतरण हुने छिन्।

मनिषाले आफ्नो सकुशल नेपाल फिर्तिको लागि पहिले समाचार प्रकाशित गर्ने परदेशी खबर डटकमलाई मुरी मुरी धन्यबाद ब्याक्त गरीन्। साथै पर्देशी खबर डटकममा सम्पर्क गरी आफ्नो कुरा बाहिर ल्याउन सहयोग गर्नुहुने परिवर्तनशील सोंच (Mind Apps) का अभियानता राम बियोगी र पोष्टबहादुर दिगर्चा सुनुवार लगायत नेपालबाट पहल गर्नु हुने सम्पूर्ण महानुभाव र आफन्तहरुमा पनि मुरी मुरी धन्यबाद ब्यक्त गरेकी छिन्। मैले मेरो जिवन अब यति नै हो भनेर हरेस खाएकी थिएँ तर तपाईंहरुले नयाँ जिवन दिनु भयो कुन शब्दले आभार ब्यक्त गरौं? उनले अगाडी थपिन्। नेपाल गएपछि पुन्ह अर्को देशमा जाने कि?भन्ने प्रश्नमा उनले भनिन् अहँ अब म कुनै पनि देश जान्न। बरु अरु दिदी बहिनीहरुलाई पनि म जस्ता ठगिनबाट कसरी बचाउन सकिन्छ भन्नेमा मद्दत गर्छु।

अभियान्ता राम बियोगीले पनि आफ्नो कुरा बिश्वास गरी समचार सम्प्रेषण गरिदिनु भएको र उक्त समाचार कै कारण मनिषाको नेपाल फिर्ति सम्भव भएको भन्दै आभार प्रकट गरेका छन्। उनकी आमा तारा राईले पनि छोरी आउने कुरा आफुलाई पनि थाहा भएको बताईन्। एजेण्ट बम बहादुर गुरुङले छोरी आउँदैछिन् बाबुको नागरिकता लिएर आउनुस् छोरी तपाईंको जिम्मा लगाएर पठाउँछौं भनेको बताईन्। आफू भोजपुरमै रहेकोले आउन नसक्ने र बाबु काठमाण्डौ मै रहेकोले उनैले जिम्मा लिने आफुले एजेण्टलाई बताएको कुरा परदेशी खबरलाई टेलिफोन मार्फत जानकारी गराईन्। बाबु जयकुमार राई सँग भने सम्पर्क हुन सकेन।

श्रोत : परदेशी खबर डट कम

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook