होसियार कुवेतबासी नेपालीहरु : कुवेतमा म सी आई डी हुँ एक नेपाली युवा माथी यसरी लुटपाट
लामा भाइ, कुवेत
फेब्रुअरी २०-हिजो फेब्रुअरी १९ तारिख कुवेतको फर्वानिया स्थित एक नेपालीलाई सिआइडि हो भन्दै लुटपाट गरेको छ ।
बिगत ५ बर्षदेखि स्वीडिस कम्पनीमा कार्यरत नुवाकोट जिल्ला देउराली गाबिसका बिरसिङ तामाङ राती १० बजे ड्युटी सकेर कम्पनीको बसमा बिल्डिङ मुनिसम्म आइपुगिसकेको थियो भने बसबाट झर्ने बितिकै म सिआइडि हो भन्दै दुई जना अपरिचित ब्यक्तिहरुले सिभिल आइडि चेक गर्छु भन्दै पर्स मागेको कारणले तामाङले पनि सोचेछ कि आजभोलि कुवेतमा सिआइडिहरु द्धारा कडा चेकजाँच चलिरहेको छ होला पनि त भनी मन मनै सोचेर पर्स सहित सिभिल आइडि दिइसके पछि आइडि हेरेको जस्तो गर्दै उक्त सिआइडिको नकल ओढ्नेहरु दुबै गाडी भित्र पसे र मोबाइल चेक गर्छु भन्दै मागेर मोबाइल दिने बितिकै पर्स भित्र रहेको केही नगद पैसा र मोबाइल राखेर बाकी पर्स सहित सिभिल आइडि फिर्ता गरि उता पटिको ढोकाबाट आउ भनेपछि तामाङ पछाडीबाट घुम्दै गर्दा केही नगद पैसा सहित साम्सुङ मोबाईल नेपाली रुपैया त्यस्तै ३० हजार जतिको लिएर फरार भएको पीडित तामाङले परदेशी खबरलाई बताए ।
नोट: यो तामाङ माथी घटेको दु:खद घटना त एक पत्र मात्र हो यस्त विभिन्न तवरले घटनाहरु कुवेतमा रहेका नेपालीहरु माथी बेला बेलामा घटीरहेको हुँदा सम्पुर्ण कुवेतबासी नेपालीहरुले साबधान अपनाउनु होला ।
श्रोत : परदेशी खबर
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.