एउटा गल्ली जहाँ किसका लागि पर्खन्छन् सयौं जोडी


मेक्सिको सिटी –मेक्सिकोमा एउटा त्यस्तो ठाँउ छ । जहाँ जोडीहरु चुम्बनका लागि लाईनमा बस्छन् । उनीहरु पालो कुर्छन् र चुम्बन गर्छन् किनकी यहाँ चुम्बन गर्दा प्रेमि प्रेमिका दुबै १५ सालसम्म खुसी रहने विश्वास गरिन्छ । यसका पछाडी दुई प्रेम जोडीकोअधुरो कथा पनि छ । त्यस कथामा केटीलाई उनका बाबुले धारिलो हतियार प्रयोग गरेर मारेका थिए । यो ठाउँ खासमा एउटा गल्ली हो । 

जसको नाम : एल कैलेन डेल बेसो छ, यसको अर्थ चुम्बन लिने गल्ली भन्ने बुझिन्छ । यो ठाउँ मेक्सिको गुआनाजुआतोमा छ । यहाँ रहेका दुई घरको दूरी यति साँघुरो छ कि एउटा घरमा बसेर अर्को घरमा बस्नेलाई चुम्बन गर्न सकिन्छ । बाल्कोनीबाट गर्ने गर्दथे चुम्बन इतिहासको कुनै कालखण्डमा यस गल्लीस्थित आसपासका दुई छुट्टा छुट्टै घरमा बसेर प्रेमि प्रेमिकाले चुम्बन लिन्थे । प्रेमिका डोना कार्मेन धनी परिवारकी थिइन् भने प्रेमी लुईस गरीब परिवारका थिए । 

डोनाका बाबुले उनको प्रेमलाई स्विकार्न सकेनन् । त्यसैले लुईसले उनकै घरको झ्याल तथा बाल्कोनी नजिक एक कोठा भाडामा लिए । परिवारले यो कुरा थाहा नपाउँदासम्म दुबै जना यस गलीमा रातीसम्म चुम्बन गदथे । जब बाबुले थाहा पाए त्यसपछि उनले रिसमा आफ्नै छोरीको हत्या गरे । लुईसले डोनालाइ बचाउनका लागि बालकोनीबाट हाम फालेका थिए । उनको पनि गर्र्दनमा चोट लाग्यो । अहिले डोना बस्ने कोठामा गिफ्ट पसल छ ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook