तारा र काष्टमण्डप एयर दुर्घटना पश्चात हिसिला यमी माथि सिंगल ईन्जिन बिमान उडाउन अनुमति दिएको गम्भीर आरोप


शुक्रबार कालिकोटको चिल्खायामा भएको विमान दुर्घटनामा २ पाइलटले ज्यान गुमाए । पाइलट द्वय दिनेश न्यौपाने र सन्तोष रानाले आफ्नो बलिदानी दिएर यात्रु बचाएको भन्दै उनीहरुलाई राज्यले मरणोपरान्त सम्मान गर्नु पर्ने माग समेत उठिरहेको छ । उक्त जहाज दुर्घटनाबारे पनि विभिन्न टिका टिप्पणीसहित कारण खोज्ने क्रम पनि शुरु भएको छ । 

स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार रहेका पत्रकार प्रतिक प्रधानले सिङ्गल इञ्जिन जहाज उडाउन अनियमिता दिँदा ठूलो रकमको चलखेल भएको संकेत गर्दै अहिलेको दुर्घटनाको कारण सोही निर्णय भएको संकेत सामाजिक सञ्जाल ट्वीटरबाट गरेपछि हिसिला विवादमा तानिएकी हुन् । प्रतिक प्रधानले ट्वीटरमा लेखेका छन्, “सिंगल इन्जिन जहाजमा यात्रु बोक्न हिसिला यमि मन्त्री हुँदा खोलिएको हो। कसले कति खाएर खोलेका थिए? अबको प्रतिबन्ध खोल्दा अर्कोको दाउ पर्नेहोला” कालिकोटको दुर्घटना लगत्तै सरकारले सिङ्गल इञ्जिन जहाजलाई यात्रु बोक्न रोक लगाएको छ । 

२ दिनमा २ वटा विमान दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अव सिङ्गल इन्जिन जहाजलाई यात्रु नबोक्न निर्देशन दिएका थिए । अहिले नयाँ शक्तिको केन्द्रिय अन्तरिम परिषदमा रहेकी हिसिला बाबुराम प्रधानमन्त्री भएको बेला बदनाम बनेकी थिइन् । उनीमाथि आर्थिक अनियमितता गर्ने गरेको आरोप समेत लागेको थियो । सिंगल इञ्जिन भएका विमानहरु यात्रु बोक्न नभएर सामान ओसारपसारमा मात्र प्रयोग गर्ने गरिन्छ । दुर्गम क्षेत्रमा चार्टर गरेर यात्रु लैजान भने छुट दिने कानून सहित छुट दिइएका कारण दुर्घटना हुन पुगेको कतिपयको बुझाइ छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook