मापसेमा संलग्न भारतीय राजदुत प्रचण्ड निवास पुगेर भने– नाकाको अवरोध चाँडै अन्त्य हुन्छ
काठमाडौं– नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले कारणले नभई मधेसी दलहरुकै कारण सीमानाकामा अवरोध भएको दोहोर्याएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डसँग मंगलबार बिहान भएको भेटवार्तामा राजदूत रेले भारतको चाहना चाँडोभन्दा चाँडो समस्याको समाधान होस् भन्ने रहेको बताउँदै दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताए ।
सो क्रममा प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे समेत राजदूत रेले चासो राखेको बताइएको छ । देशभित्र भारतले नाकाबन्दी अन्त्य नगरेसम्म ओलीले भारतको भ्रमण गर्न नहुने आवाज उठिरहेको बेला उनले उक्त चासो व्यक्त गरेका हुन् । भारतले आपूर्ति व्यवस्थामा अवरोध गर्दै आएपनि उसले आफ्नो कारणले नभई मधेसी मोर्चाको आन्दोलनको कारण सीमानाकामा अवरोध भएको दाबी गर्दै आएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भईरहेको छलफलको प्रगतिबारे कुराकानी केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
श्रोत : दैनिक नेपाल
श्रोत : दैनिक नेपाल
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.