देश टुक्र्याउन खोज्ने सिके राउतबारे नेपाली सेनाको यस्तो खतरनाक रिपोर्ट


०४६ सालको परिवर्तनका निम्ति आन्दोलन सुरु हुनुअघि चन्द्रशेखरसँगै आएका स्वामी, राजा विरेन्द्रलाई अक्सफोर्ड युनिभर्सिटीमा पढाएका वरिष्ठ भारतीय नेता हुन् । फागुन ६ गते ३ घण्टाको निम्ति आएका उनले प्रधानमन्त्री र एमाओवादी अध्यक्ष प्रचण्डसँग मात्र भेटघाट गरेका थिए । 

वकिल तथा पूर्वमन्त्री समेत रहेका उनको चासो दुई देशबीचको सम्बन्ध सुधार र मधेसीका मागको सम्बोधनमा केन्द्रित थियो । उता, झण्डै एक महिना भारत घुमेर सोही दिन सप्तरीमा झुल्किएका राउत भने आफ्नो सानो छोरालाई जनकपुरमा पढाइको बन्दोबस्त मिलाउन केही दिन व्यस्त हुने र त्यसपछि राष्ट्र विखण्डनकारी गतिविधिमा अझ सक्रिय हुने मनस्थितिमा देखिन्छन् । 

एकातिर स्वामीले हाम्रा नेताहरुलाई हिन्दू धर्मविरोधी तत्वलाई बढावा नदिन र भारत छाडी अन्य विकल्पतिर ध्यान केन्द्रित नगर्न सुझाएका छन् भने सडक दुर्घटनामा हिजोआज आफ्ना धेरै कर्मचारी मारिन थालेपछि चिन्तित सैनिक नेतृत्वले चाहिँ नेपाल–भारतबीच सम्बन्ध सामान्यिकरण हुनुमा आफ्नो समेत समन्वयकारी भूमिका र प्रयत्नको प्रशंसा गरेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook