दुखद खबर : यूएईबाट बिदामा गएका मोति बहादुर केसीको श्रीमती संगै बिमान दुर्घटनामा मृत्यु
सुनौलो नेपाल / मोहराज शर्मा मोहन युएई
रोजगारीको शिलशिलामा पाच बर्ष पहिले युएई आएर युएईको अबुधाबीमा कार्यरत स्याङ्जा बिचारी चौतारा -७ का मोति बहादुर केसीको पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज म्याग्दीको सोली घोप्टेमा दुर्घटना हुदा उनको निधन भएको छ ।
उनीसंगै घुम्न गएकी उनकी श्रीमती पवित्रा केसीको पनि सोहि दुर्घटना परि निधन भएको छ ।
अबुधाबीको एक अल जाबर क्यून सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत उनि एक महिना पहिले दुई महिनाको बिदा लिएर घरमा गएका थिए ।अघिल्लो बर्ष बिदामा जादा ठुलादिखी १ कि पवित्रा संग बिबाह बन्धनमा बाधिएका उनी बिहे लगत्तै फेरी अबुधाबी फर्केका थिए
फेरी एक बर्ष काम गरेर छुट्टी मनाउन एक महिनापहिले घरमा गएको र आज अचानक मृत्युको खबर आएको सोहि कम्पनीमा कार्यरत स्याङ्गजाका दिपक पोखरेलले सुनौलो नेपाललाई बताए ।घरमा गएको बेला श्रीमती पवित्रासंग घुमघाम गर्न जोमसोम जाने क्रममा बिमान दुर्घटना हुदा दुबैको मृत्यु भएको हो । बुधबार बिहान दुर्घटनामा परेको उक्त दुर्घटनामा उनीहरु संगै विमानमा सवार सबै २३ जनाको मृत्यु भएको पुष्टी भैसकेको छ ।
श्रोत : सुनौलो नेपाल

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.