प्रहरी अफिसर सर्बेन्द्र खानालले काठमाडौँमा ठगी गर्ने म्यानपावर हरुमा यसरी छापा मारे !
काठमाडौं, फागुन १२ – प्रहरीले काठमाडौंका विभिन्न १६ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । महानगरिय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीमा कामदार पठाउँदा ठगि गर्ने म्यानपावरमा बुधबार दिउँसो छापा मारेको हो ।
महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार द रिभर ओभरसिज, अलसेक्युर रिक्रुइटमेन्ट, मेलको इन्टरनेश्नल, इनोभेटिभ ह्यूमन रिसोर्स लगातय १६ वटा म्यानपावरमा एक साथ छापा मारिएको हो । वैदेशिक रोजगारीका क्रममा ठगि गरेको भन्दै आएका उजुरीको आधारमा छापा मारिएको र यो क्रम निरन्तर चल्ने एसएसपी खनालले बताउनुभयो । महाशाखाले वैदेशिक रोजगारमा हुने ठगि नियन्त्रणकालागि पुषदेखि छुट्टै हटलाइन सेवा समेत सुरु गरेको छ ।
अव ठगि तथा वेचविखनमा पर्ने कामदारले ११७७ मा फोन गरेर प्रहरीलाई खबर गर्न सकिने छ । एसएसपी खनालले हटलाइनमा टिपाएका समस्यामाथि जतिसक्दो चाँडो कार्बाहि बढाईने बताउनुभयो । अहिले सबै भन्दाबढि समस्या बैदेशिक रोजगारको नाममा देखिएकाले यता सक्रियता बढाएको खनालले बताउनुभयो ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.