दुई दिनको फरकमा दुई वटा बिमान दुर्घटना भएको घटना सेलाउन नपाउदै आज फेरी सिम्रिक एयरको बिमानमा बम राखेको हल्ला फिजायो


काठमाडौं – बिमानमा बम रहेको सूचना आएपछि लुक्ला बिमानस्थल यतिबेला बन्द गरिएको छ । सिम्रिक एयरलाइन्सको विमानमा ‘बम छ’ भन्ने लेखिएको कागज भेटिएको थियो । सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पंकज भुर्तेलका अनुसार विमानमा बम छ भन्ने हल्ला आएपछि सेना र प्रहरीलाई तत्कालै परिचालन गरिएको थियो । 

हरीले विमानमा खान तलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको उनले जानकारी दिए । भुर्तेलले भने, ‘हामीले विमानमा बम नरहेको जानकारी दिइसकेका छौं । अब विमास्थल सुचारु गर्ने प्रयासमा छौं ।’ प्रहरीका अनुसार उक्त विमान काठमाडौंबाट लुक्ला पुगेको थियो । विमान अवतरणपछि अवतरण सामानमा ‘बम छ’ लेखिएको कागज भेटिएको थियो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर क्षेत्रीले पनि सेनाको बम डिस्पोजल टोली स्टाण्ड बाई रहेको जानकारी दिएका थिए । सोलुखुम्बुका डिएस्पी माधव बुढाथोकीले भने, ‘विमानको लगेज निकाल्दा एयरहोस्टेजले बम लेखिएको चिट भेटाएकी थिइन् । 

त्यसपछि प्रहरीलाई खबर आयो । तत्काल हाम्रो टिमले सर्च गर्दा केही फेला परेन ।’ यता, सिम्रिक एयरका मिडिया कोर्डिनेटर प्रज्वल थापाले कागजमा विमानमा बम छ भन्ने लेखिएको चिट भेटिएको तर प्रहरीले खानतलासी गर्दा केही नभेटाएको आफूलाई जानकारी आएको बताए । सिम्रिक एयरका अनुसार विमान बिहान साढे ६ बजे नियिमित उडान थियो तर काठमाडौंबाट ७ः१८ मा मात्र लुक्लाका लागि प्रस्थान गरेको थियो । विमानमा १० जना यात्रु थिए ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook