मलेसियामा दुर्घटनामा परि हात गुमाएका संजिप तमाङको उपचार खर्चको लागि अपिल
काठमाण्डौ । वैदेशीक रोजगारिको शिलशिलामा एक वर्ष अगाडी ठूलो सपना लिएर मलेसिया गएको रामेछाप जिल्ला, रामेछाप नगरपालिका वडा नं. ५ स्थिाई निवासी संजिप तमाङको सपना अधुरै रह्यो ।
मलेसियाको एक कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेका संजिप तमाङ अहिले प्रवासमा राम्रो उपचार नहुने भएपछि नेपाल आएकाछन् । मलेसियाको सेलागरमा रहेको केनवोंन कार्टुन एस डी एन बि एच डी कम्पनीमा कार्यरत संजिप फेब्रुअरी ५ तारिखका दिन बिहान ९ बजेतिर दुर्घटनामा परेका थिए ।
दैनिक ड्युटिमा रहेकाबेला कार्टुन प्रिन्ट गर्ने मेसिनमा दायाँ हात पर्न गई पुरै हात पिल्सिएको र नाडीको हड्डी फुटेको अवस्थामा छन् । घटना पछि संजिपलाई कम्पनीले उपचारका लागि अस्पताल लगेको थियो । पाँच दिन अस्पतालमा उपचार पश्चात उनी होस्टलमा बसिरहेका थिए ।
श्रमिकहरुको लागि विदेशमा राम्रो उपचार नहुने भएको कारण उनी तत्कालै नेपाल फर्किएका हुन । नेपाल फर्किए लगतै उनी महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा भर्ना भैई उपचार गराई रहेकाछन् । ऋण गरेर गएको रकम तिरि नसक्दै दुर्घटना भएपछि उनलाई थप आर्थिक भार परेको छ ।
न्यूज अभियान डटकमद्धारा सञ्चालित न्यूज अभियान अक्षय कोष मार्फत रु २००० त्यसैगरी सागर श्रेष्ठ मार्फत १०००, छायाँचन्द्र भण्डारीबाट १०००, उद्धव तमाङबाट ५००० गरी तत्काल उपचार गर्नको लागि सहयोग जुटाईएको छ ।
ईच्छुक नेपाली दाजुुभाई दिदी बहिनी र आफन्तहरुबाट सहयोगको अपेक्षा गरिएको छ । निज संजिप तमाङलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले निम्न खातामा रकम पठाएर सहयोग गर्न सक्नु हुनेछ ।
तपाईले गरेको सहयोगको विवरण न्यूज अभियान डटकममा पारदर्शि रुपमा अपडेट गरिने छ र तपाईले पठाउँनु भएको रकम सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरि वहाँले पाएको रकमको भिडियो सहित न्यूज अभियान डटकममा प्रसारण गरिने छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.