विप्लव माओवादीद्वारा पाँच हजारको हाराहारीमा हतियारसहितको सेना तयार


काठमाडौँ,केही महिला अघि आफ्ना सबै केन्द्रीय सदस्ययहरुलाई राजधानी छाड्न उर्दी गरेको विप्लव माओवादी अहिले के गर्दै होला ? सशस्त्र संघर्ष गर्ने उसको प्रतिवद्धता व्यवहारमै रुपान्तरित होला ? या यी माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज सुन्नमा आएको छैन । 

यसबारे रोचक तथ्य फेला परेको छ । स्रोतका अनुसार विप्लव माओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगिसकेको छ । सशस्त्र संघर्षका लागि अनुकूल समय नभएकोले उसले सशस्त्र संघर्ष नगर्ने आँकलन धेरैले गरे पनि विप्लव माओवादी भने अवस्था अनुकूल बन्दै गएको निष्कर्षमा पुगेको छ । यसले यही विश्लेषण गर्दै सशस्त्र संघर्षको तयारीलाई भित्रैभित्रै अघि बढाइरहेको छ । माओवादी स्रोतका अनुसार उसले अहिले छापामार तालिम दिएरु केही युवालाई तम्तयार राखेको छ । पश्चिम नेपालसहितका जिल्लामा उसले यस्ता तालिम दिएको बताइन्छ । झण्डै पाँच हजारको हाराहारीमा हतियारसहितको सेना तयार पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार विप्लव माओवादीले अहिले आफ्ना सबै आन्तरिक संयन्त्त सैन्य विस्तारमा लगाएको छ । आजको साँघु साप्ताहिकमा खबर छ–

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook