कुवेतमा एक नेपालीले आफ्नै साथीको ६ हजार ३ सय २० दिनार लिई फरार ! सक्दो शेयर गरौ !
कोशराज राई, कुवेत
२९ फेब्रुवरी- कुवेतमा एक नेपालीले नै नेपालीहरुको तलव लिई सम्पर्क बिहिन भएको खबर प्राप्त भएको छ।
दैलेख घर बताउने मनोज रोक्का क्षेत्री नामका ब्याक्तिले १५ जना नेपालीहरुको ६ हजार ३सय २० कुवेती दिनार नेपाली रुपैयाँ लगभग २२ लाख ९४ हजार बराबर तलव बुझी सम्पर्क बिहिन भएका हुन्।
मनोजले आफुहरुलाई नाम थाह नभएको एक बंगलादेशीको कम्पनीबाट अलहानी नामको कम्पनीमा सप्लाईमा काममा लगाएको र उक्त कम्पनीमा काममा लगाए बापत आफुहरुको ३ सय १० कुवेती दिनार देखी ३ सय ५० कुवेती दिनार सम्म मासिक तलब रहेको र उसले एक कामदारबाट २० देखी ३० दिनार सम्म कमिसन लिने गरेका थिए।त्यस्तै बंगलादेशीको कम्पनीबाट पनि कामदार दिएबापत कमिसन लिने गरेको पिडित पूर्णबहादुर गाहामगरले बताएकाछन्। उनिहरुको १ महिना १० दिन सम्मको तलब लिन बाँकी रहेको थियो।
पहिले कम्पनीबाट तलव लिन गएको मान्छे सम्पर्क बिहिन भएपछि बंगलादेशीसंग बुझ्दा उसले सबैको तलव बुझेर लगेको बताए पछि आफूहरू छाँगाबाट खसेझैं भएको पीडितहरुले बताए। संधै तलव बुझेर आफूहरुलाई दिने गरेको कर यसपटक भने तलव बुझेपछि सम्पर्क बिहिन भए पूर्णबहादुरले थपे।
मनोज आफै पनि अबैधानिक रुपमा कुवेतमा बसोवास गरिरहेका ब्याक्ति हुन्।
उनी आफूहरुको तलव बुझेपछि सम्पर्क बिहिन भएको तर आज बिहान पिडितहरु मध्यकै एक ब्याक्तिलाई आफूले कसैको पनि तलव नलिएको भनी मेसेज पठाएको र त्यस पछि फेरी सम्पर्क बिहिन भएको पनि पूर्णबहादुरले परदेशी खबरलाई जानकारी गराएका छन्।
उनी एक ब्याक्ती मार्फत उनी पुलिसद्वारा पक्राउ गराई नेपाल जाने तैयारी गरिरहेको जानकारी पाएको पनि पूर्णबहादुरले बताएका छन्।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.