नयाँ पेजबाट सनसनी पुर्ण खबर : कोइरालाको मृत्यु प्रश्न, टाउँकोमा चोट र सिरकमा रगत कसरी ?


काठमाडौँः सोमबार राती १२:५० मा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाको निधन भयो । सधैं मध्यरातमा भएका सानासाना घटना छाप्ने दैनिक पत्रिकाले कोइरालाको निधनको खबर पत्तै पाएनन् । जटिबेला सामाजिक सञ्जालमा कोइरालाको पार्थिव शरीर छ्याप्छ्याप्ती भयो तबमात्र दैनिक पत्रिकाका सम्पादक झस्किए । खबर पाए लगत्तै अनलाइनले समाचार प्रकाशित गरे । तर, पाठक मंगलबार प्रकाशित पत्रिकामा कोइरालाको निधनको खबर पढ्न नआउदा निराश भए । 

मंगलबारका पत्रिकामा सुशील कोइरालाको निधनको खबर नआउनु ‘कन्टेन्ट’ प्रति मिडियाको रुची नभएको बुझाई पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको छ । झा भन्छन्, ‘पत्रिका व्यवसायको नाममा पाठकलाई समाचार दिनु भन्दा प्रकाशनमा हतारोमात्र गर्न थाले ।’ कोइराला अस्वस्थ भएको खबर समेत नआउनु पत्रकारितामाथि कै प्रश्न भएको उनको भनाइ छ । ‘यो घटनाले मिडिया पाठकप्रति विश्वसनिय हुन नसकेको देखिन्छ,’ उनले भने, ‘हाम्रा न्युजरुम ९:१० बजे नै बन्द हुन थालेको अनुमान गरेको छु ।’ 
प्रा.पी खरेल 

कोइरालाको निधनको खबर पत्रिकामा नछापिनु नेपाली पत्रकारितामा ‘फलोअप’ हुँदैन भन्ने प्रमाण भएको पत्रकारिता विषयका प्राध्यापक पी खरेलको बुझाई छ । प्राध्यापक खरेल भन्छन्, ‘हामीकहाँ साँझ परेपछि घटना हुँदैनन् भन्ने चलन छ । ठूला लगानीका मिडियाले पनि ‘फलोअप’ गर्दैनन् । ‘फलोअप’ भएको भए स्रोत आफैँ सजक भएर खबर गर्ने थियो ।’ खरेलले मध्यरात अघि नै सम्पादकले समाचार कक्ष बन्द गरेर हिड्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको टिप्पणी गरे । 

‘मध्यरात अघि नै सम्पादकले समाचार कक्ष बन्द गरेर हिड्दा यस्तो हुन्छ । यसले अखबारको विश्वसनियतामाथि नै प्रश्न उठेको छ,’ खरेलले थपे, ‘अखबार १२ बजे छापाखानामा पठाउने होइन । तीन चार बजेमात्र छाप्नुपर्छ । त्यसो भए यस्ता घटना समेट्न सकिन्छ ।’ दैनिक पत्रिकामा प्रत्येक ‘बिट’ रिपोर्टरले साँझ सात आठ बज्दा समाचार बुझाई सकेका हुन्छन् । औपचारिक कार्यक्रम र बैठक भए मात्र मध्यरातसम्मको समाचार पत्रिकामा छापिने गर्छ । सानो लगानीका पत्रिकाले उचित तलब दिन नसक्दा अधिकांश पत्रकार समाचारको पर्खाइ भन्दा पनि पत्रिकाको पन्ना भर्न दौडधूप गरिरेका हुन्छन् । ठूला लगानीका अधिकांश पत्रिकाले ‘बिट’ छुट्याएर रिपोर्टर नियुक्त गरेका छन् । यत्ति हुँदाहुँदै पूर्वप्रधानमन्त्री, सांसदको पहिलो पार्टी एवम् प्रमुख प्रतिपक्षी दलको नेताको निधनको खबर प्रकाशित नहुँदा मिडियामाथि गम्भीर प्रश्न उठेको छ । गोरखापत्र दैनिकले भने प्रकाशनको सम्पूर्ण प्रक्रिया रोकेर ढिलो गरी कोइराला निधनको खबर प्रकाशित गरेको छ ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook