UPDATE : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोईरालाको निधन
काठमाडौँ, २६ माघ - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरलाको निधन भएको छ। आज मध्यराती कोइरालाको आफ्नै निवास महाराजगन्जमा निधन भएको कोइराला निकट पारिवारिक श्रोतले जानकारी दियो।
लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहका सहयोग एवम् नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन्। कोइरालाको निधनसँगै महाराजगञ्जस्थित निवासमा कांग्रेस नेताहरुको आउने क्रम सुरु भईसकेको छ ।
यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख कार्यक्रममा विरामी भएकाले कोइराला उपस्थित भएका थिएनन्।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.