सन्दर्भ विश्व नारी दिवसको : श्रीमान् महिला दिवस मनाउन, श्रीमती बालुवा चाल्दै
उदयपुर – फागुनको घामाइलो दिन अनी उदयपुर सदरमुकाम भएर बग्ने त्रियुगा नदिको विचमा खलखली पसिना बगाउँदै दुई छोरीको साथमा बालुवा चालिरहेकी थिइन्, त्रियुगा ३ की लिला बोट । उमेरले ४५ बर्ष काटी सकेकी उनी अरु दिन श्रीमान्सँगै बालुवा चाल्न आउने गरे पनि मंगलबार चाहि छोरीलाई लिएर त्रियुगा नदिमा पुगेकी थिईन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा श्रीमानलाई सहभागी गर्न पठाएर उनी निरन्तर बालुवा चाल्न मै व्यस्त थिइन् ।
श्रमिक महिला दिवसको दिन किन यो तातो घाममा पनि काम गरेको भन्ने प्रश्नमा लिलाले भनिन् ‘हामी बालुवा चाली खानेलाई के को महिला श्रमिक दिवस ? संस्थाको सरले भनेको कार्यक्रममा लोग्ने मान्छे जाँदा पनि हुन्छ रे अनि श्रीमानलाई कार्यक्रममा पठाएर म बालुवा चाल्न आएँ ।’ श्रीमान दिलबहादुर बोट श्रमिक महिला दिवशको कार्यक्रममा गए पछि कक्षा ७ र ४ मा पढ्ने दुई छोरीलाईसँगै लिएर बालुवा चाल्ने लिलाले प्रश्न गरिन ‘हामीलाई दिवश र चाडबाडको खुसी आउने भए त्रियुगाको किनारमा बालुवा चल्ने थियौं र ?
यसैगरी उदयपुरको सदरमुकाम गाईघाटको पिपलचोकमा उदयपुरका महिला सभासद्को प्रमुख आथित्यतामा ‘१०६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस’ भव्य भईरहेको वेला त्रियुगाको किनारमा बालुवा चाल्ने र घर बनाउने काममा व्यस्त रहेका धेरै महिला देखिन्थ्ये, जो श्रम गरेर दैनिकी चलाईरहेका छन् । उनीहरुलाई श्रमिक दिवको कुनै महत्व भएको देखिएन । काममा भेटिएका महिलाहरुलाई श्रमिक महिला दिवशको अर्थ थाहा नभएको बताएका थिए । बरु विद्यालय समेत विदा भएको वेला छोरछोरीसहित लिएर खोलाको किनारमा बलुवा चल्दै गरेका र दिउँसोको १२ बजेकाले खाना खान घर फर्केका धेरै ठूलो संख्या थियो ।
समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने मुख्य माग राखेर अमेरिकाको न्युर्योर्क सहरमा उठेको श्रमिक महिलाहरूको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको आज १०६ वर्ष पूरा भएको छ । सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरू कारखानाका मालिकविरूद्ध सडकमा उत्रेका थिए । न्यूर्योकबाट उठेको श्रमिक महिलाहरूको आन्दोलन अमेरिकाको सिकागो शहर हुँदै छोटो समयमा युरोप हुँदै एसियाको बाटो भएर नेपाल छिरेको हो । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाहरूको सम्मेलनले महिलाहरूले आन्दोलन उठाएको दिन ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गर्यो । यही निर्णयलाई नेपालमा वामपन्थी महिला संगठनले नेपालमा पहिलोपटक मनाउन थालेका हुन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.