कुवेतवाट दुखद खबर : कुवेतमा एक नेपाली युवती गाडीको ठक्करबाट गम्भिर घाइते


कोशराज राई, कुवेत
२२ फेब्रुवरी, एक नेपाली युवतीलाई गाडीले ठक्कर दिई घाईते बनाएको छ। खोटाङ जिल्ला, बाक्सिला- १, की २१ बर्षिया सम्झना राईलाई आईतबार बिहान ८ बजे घरमा पैसा पठाउन बैंक जाने क्रममा बाटो काट्दा माहाबुलामा एक ईजिप्सियनले चलाएको गाडीले ठक्कर दिएको हो। 

प्रत्यक्षदर्शी राजेश तामाङका अनुसार तिब्र गतिमा आएको गाडीले दुई जना बाटो काट्न लागेका मध्य एकलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिंदा ठूलो आवाज आएको र उनलाई १०/ १५ फिट पर उछिट्याएको उनले बताए। त्यस पछि उनिहरुले तुरुन्त ट्याक्सीमा राखेर आदान अस्पताल पुर्याएका थिए।

अहिले उनको आदान अस्पतालको १५ नम्बर वार्डमा उपचार भईरहेको छ। गाडीले ठक्कर दिएपछि बेहोस् भएकी उनको १३ घण्टा पछि होस् आएको छ। अहिले सामान्य बोलचाल गर्न सक्ने उनको शरीरको बिभिन्न भाग देब्रे हात, खुट्टा, टाउको र ढाडमा लगायतका चोट पटक लागेको कुरा उनको दिदी दिलमाया राईले परदेशी खबरलाई बताएकी छिन्।

श्रोत : परदेशी खबर

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook