खुशीको खबर : प्रधानमन्त्री केपी ओलीले १९५० को सन्धी पुनरावलोकन गर्न राखे प्रस्ताव
काठमाडौं, ९ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १९५० को सन्धी पुनरावलोकन गर्न भारतीय पक्षलाई प्रस्ताव गरेका छन् । नेपालको राजनीतिक इतिहासमा बारम्वार नेपाल भारतबीच भएको १९५० को सन्धीको कुरा उठ्ने गर्दछ । तर भारतीय पक्ष सकारात्मक नभएका कारण सन्धी पुनरावलोकन हुन सकेको थिएन । तर प्रधानमन्त्री ओलीले सन्धी पुनरावलोकनका लागि प्रस्ताव गरेको राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।
प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग कालापानी र सुस्तामा नेपाली भूमि अतिक्रमण भएको प्रसंग पनि उठाएका छन् । सुस्ता र कालापानीमा भूमि अतिक्रमण भएको छ त्यसतर्फ पनि भारतले ध्यान दिनु परयो प्रधानमन्त्रीले दुई पक्षिय वार्तामा भने । भारतीय पक्षले पनि सुस्ता, कालापानी र सन्धी पुनरावलोकनका पक्षमा सकारात्मक धारणा राखेको छ ।
प्रधानमन्त्री ओलीले नेपालका ठुलो जलबिद्युत आयोजनाहरु होल्ड गरेर राखेको तर काम अगाडी नवढाएको कुरा पनि वार्ताका राखेका छन् । दुवै पक्षका उच्चस्तरिय ब्यक्तिहरु सहभागि भएको वार्तामा प्रधानमन्त्री ओलीले ७ हजार मेगावाट उत्पान क्षमता भएका जलविद्युत आयोजना भारतले होल्न गरेकोले तत्काल अगाडी बढाउन आग्रह समेत गरे ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.