कतारमा नेपाली सहित ३० हजार आप्रवासीलाई हिरासत
फाल्गुन ९, २०७२- स्थानीय कानुन उल्लंघन गर्ने ३० हजार आठ सय ७४ जना आप्रवासीलाई कतारले हिरासतमा लिई कारबाही गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार आवासीय कानुन उल्लंघन गर्नेहरूलाई निष्कासन (डिपोर्ट) पनि गरेको हो । मन्त्रालयले डिपोर्ट हुने देशका नागरिकको विवरण भने उल्लेख गरेको छैन । डिपोर्ट हुनेमा सबभन्दा बढी एसियन मूलका कामदार छन् ।
कतारमा झन्डै
१८ लाख आप्रवासी कामदार पुगिसकेको छ ।
मन्त्रालयका अनुसार डिपोर्टटेसन सेन्टरमा रही टिकट जुटाउन नसकेका १० हजार ६८ जनालाई टिकट दिई स्वदेश पठाएको छ । कतारले ८ हजार ९ सयजना र कम्पनीलाई कालोसुचीमा राख्नुको साथै कतार आउन नपाउने गरी कारबाही गरिएको जनाएको छ । २ हजार १ सय ४५ जना आफैं मुलुक फिरेका छन् ।
मन्त्रालयका अनुसार अपराध घटनामा भने विगतका वर्षहरूका तुलनामा निकै कमी आएको छ । ‘साइबर अपराध’ भने २०१४ को तुलनामा ५२ प्रतिशतले वृद्धि भएको छ ।
मुख्य अपराधमा भने ४९ प्रतिशत कमी आएको छ ।
सार्वजनिक सुरक्षा कार्यालयले उजुरी दिएको आधारमा ५९० पुरुष/महिलालाई पक्राउ गरेको छ । भीख मागेको अभियोगमा समेत पक्राउ गरिएको छ । कतार पछिल्लो पाँच वर्षयता विश्वकै शान्ति क्षेत्रमा पर्ने गरिएको छ । अपराध निकै कम हुने देशमा कतार अगाडि नै देखिएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.