खुशीको खबर : आफूहरु मरेर यात्रु बचाउने पाइलटलार्इ सरकारले वीरताको पदक प्रधान गर्ने सक्दो शेयर गरौ !
नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सरकारले वीरता पदक दिने निर्णय गरेको हो ।
'आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय गरिएको हो', बैठकपछि सञ्चारमन्त्री शेरधन रार्इले भने ।
बैठकले असल चालचलन भएका र कुल ४० प्रतिशत कैद भुक्तान गरेका तथा ६५ वर्ष उमेर पुगेका १६५ कैदीलाई नयाँ संविधान जारी भएको उपलक्ष्यमा कैद मिनाहा सिफारिस गरेको छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.